Sunday 6th July 2025

काँकडभिटा-काठमाण्डाैंको रात्रीबस त्रिसुलीमा खस्दा ५ जनाको मृत्यु, २९ घाइते


तितोपाटी – काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेकाे संख्या पाँच पुगेकाे छ । शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको उक्त बस आज बिहान त्रिसुलीमा खसेको हो ।

प्रहरीकाे अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हाे ।मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको बुझिएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ ।

दुर्घटनाको कारणले भन्ने खुल्न नसकेको धादिङका प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको…

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

प्रतिकृयाहरू
...