Thursday 6th August 2026

श्रीलंकामा गिर्जाघर र होटलमा बिष्फोट, २५ भन्दा बढिको मृत्यु कैयाैं घाइते


तितोपाटी – श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ वटा पाँचतारे होटलमा भएको आक्रमणमा परेर २५ जना भन्दा बढीको मृत्यु भएको छ भने सैयाैं जति घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

कोलम्बो नेसनल अस्पतालका निर्देशकले भने– ‘आइतवार बिहानै भएको आक्रमणमा २५ भन्दा बढीकाे मृत्यु भइसकेको छ भने घाइतेहरुलाई अस्पताल पुर्याइएको छ ।’ स्थानिय समय अनुसार बिहान ८ बजेर ४५ मिनेटमा आक्रमण भएको थियो ।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष अप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ। विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको छ।

चार वटा चर्च आक्रमणकारीको निशानामा राखिएको थियो । कोचिकाडा चर्च, कटुवापितिया चर्च, किङ्सबेरी चर्च, बेतिकोला चर्चलाई निशानामा राखिएको थियो । श्रीलङ्काको अन्य बिभिन्न क्षेत्रमा पनि आक्रमण भएको प्रहरी प्रवक्ता रुवान गुनसेकेराले बताएका छन् । आक्रमण कसले र किन गराएको भन्ने कुरा पुष्टि भएको छैन। प्रहरी प्रवक्ताका अनुसार बिस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन ।


सम्बन्धित शीर्षकहरु

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

प्रतिकृयाहरू
...