Monday 27th July 2026

मलेसिया बस दुर्घटना २ नेपालीको मृत्यु १२ घाइते नेपाली (नामावलीसहित)


तीतोपाटी-मलेसियामा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।

मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै दुर्घटना भएको बसमा ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

मृत्यु हुने नेपालीमा रामु चौधरी र जागरनाथसिंह दनुवार रहेका छन् । उनीहरुको नेपालको ठेगाना खुल्न बाँकी रहेको छ ।

यस्तै दुर्घटनामा घाइते हुने नेपालीमा केशव थापा, लोकेश ओली, कृष्ण बहादुर पुन मगर, भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी र  विश्वकर्मा मण्डल रहेका छन् । उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।

१४ नेपाली कामदारसहित ४३ जना यात्रु बोकर मास कार्गो नामक कार्गो कम्पनीमा कामदार पुर्याउन जाँदा आइतबार राती ११ बजेर १० मिनेटमा उक्त बस दुर्घटना भएको हो । नेपाली कामदारहरु मोतियारा कायामाश भन्ने कम्पनीमार्फत् मास कार्गो कम्पनीमा काम गर्न जाने गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

जलवायु परिवर्तनबाट प्रभावित भीषण डढेलोका कारण फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ स्थानान्तरण आदेश जारी…

यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान र यान्बुस्थित तेल पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्। आक्रमणको आधिकारिक पुष्टि नभए पनि…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै दिएको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने अभिव्यक्तिले विदेशमा रहेका लाखौँ…

प्रतिकृयाहरू
...