Tuesday 28th July 2026

बारा-पर्सामा हावाहुरीबाट मृत्यु भएका २७ जनाको सनाखत(ध्वस्त संरचनाको फोटो फिचर सहित)


तितोपाटी – बारा – पर्सामा आइतबार आएको हावाहुरीमा मृत्यु हुनेहरुको नाम खुलेको छ। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाराले घटनामा मृत्यु हुने २७ जनाको नाम सार्वजनिक गरेको छ। हावाहुरीबाट बारामा २६ जना र पर्सामा १ जना गरी २७ जनाको ज्यान गएकाहरूको सनाखत भएको हो । हावाहुरीबाट बाराको फेटा गाउँपालिकास्थित पुरेनियामा सबैभन्दा बढी क्षति पुगेको छ ।

मृतकहरुको शव नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्ज, नेसलन मेडिकल कजेज, कलैया अस्पताल लगायतमा राखिएको छ। तीनै सुरक्षा निकाय उद्दारमा खटिएका छन्। यस अघि नेपाली सेनाको स्काइ ट्रक मार्फत ६ जना घाइतेलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ। अन्य घाइतेहरुको बारा र पर्साका अस्पतालहरुमा उपचार भइरहेको छ।

अहिले स्थानीय प्रशासनले घटनामा कति धनजनको क्षति भएको हो ? त्यसको विवरण संकलन गर्ने कार्य सुरु गरेको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...