Saturday 8th November 2025

नेपाल कुवेत मैत्रीपुर्ण फुटबल खेलमा बराबरी


तीतोपाटी-मैत्रिपूर्ण फुटबलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ ।

घरेलु मैदानमा भएको खेलमा कुवेत नेपालमाथि हावी भएको थियो तर, गोलरक्षक किरण चेम्जोङको केही उत्कृष्ट बचाउ गरे । खेल अवधीभर कुवेतले गोलका लागि परेको प्रयास मध्ये ६ वटा सही दिशामा थियो भने नेपालले एक पटक मात्र त्यस्तो अवसर बनाएको थियो ।

उक्त खेल मैदानमा  कुवेत स्थित कार्यरत नेपाली तथा खेल प्रेमी दर्शक हरूको हजारौको संख्यामा उपस्थित रहेको थियो। उपस्थित दर्शक द्वारा खेल संगै नेपाल र नेपाली खेलाडी प्रति बेजोड़ माया दर्शाएका थिए भने नेपाल नेपाल भन्दै   खेलको रौनकता बढ़ाएका थिए।

नेपालका रवि पासवानले डेब्यू गरे । उनी ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

अर्को खेल यही २५ मार्चमा हुने भएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

प्रतिकृयाहरू
...