Friday 25th September 2026

एनआरएनए कुवेतले मृतक अमृताको परिवारलाई गर्यो आर्थिक सहयोग


तीतोपाटी- एनआरएनए एनसिसि कुवेतद्धारा पाल्पा जिल्ला रैनादेबी छहरा गाउँपालिका –४ घर भई घरेलु कामदारको रुपमा कुवेतमा कार्यरत रहेको अबस्थामा मृत्यु भएकी अमृता दमाईकी परिवारलाई आर्थिक सहयोग गरेकोे छ ।

आमाको मृत्यु पश्चात अबिभाबक बिहिन भएका बच्चाहरुलाई केहि हद सम्म भए पनि राहत होस भन्ने उदेश्यले उक्त आर्थिक सहयोग गरिएको एनसिसि कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेलले बताएकी छिन ।

एनसिसि कुवेतको राहत कोषबाट कुवेती दिनार १३७ केडि ६६० फिल्स अर्थात नेपाली रुपैया ५१,००० (एकाउन्न हजार रुपैया) मृतकका आफन्त विष्णु दर्जीलाई BEC Money Exchange मार्फत उक्त सहयोग रकम एनसिसि कुवेतले पठाएको थियो  ।

मृतकको शब नेपाल पठाउन समस्या भएको समाचार बाहिर निस्केपछि एनसिसि कुवेतले त्यस बिषयमा चासो लिएको थियो तर अन्तत नेपाली दुताबास कुवेतले नै मृतकको शब नेपाल पुर्याउने सम्पुर्ण ब्यवस्था मिलाएको थियो ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...