Friday 26th December 2025

एनआरएनए कुवेतले मृतक अमृताको परिवारलाई गर्यो आर्थिक सहयोग


तीतोपाटी- एनआरएनए एनसिसि कुवेतद्धारा पाल्पा जिल्ला रैनादेबी छहरा गाउँपालिका –४ घर भई घरेलु कामदारको रुपमा कुवेतमा कार्यरत रहेको अबस्थामा मृत्यु भएकी अमृता दमाईकी परिवारलाई आर्थिक सहयोग गरेकोे छ ।

आमाको मृत्यु पश्चात अबिभाबक बिहिन भएका बच्चाहरुलाई केहि हद सम्म भए पनि राहत होस भन्ने उदेश्यले उक्त आर्थिक सहयोग गरिएको एनसिसि कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेलले बताएकी छिन ।

एनसिसि कुवेतको राहत कोषबाट कुवेती दिनार १३७ केडि ६६० फिल्स अर्थात नेपाली रुपैया ५१,००० (एकाउन्न हजार रुपैया) मृतकका आफन्त विष्णु दर्जीलाई BEC Money Exchange मार्फत उक्त सहयोग रकम एनसिसि कुवेतले पठाएको थियो 

मृतकको शब नेपाल पठाउन समस्या भएको समाचार बाहिर निस्केपछि एनसिसि कुवेतले त्यस बिषयमा चासो लिएको थियो तर अन्तत नेपाली दुताबास कुवेतले नै मृतकको शब नेपाल पुर्याउने सम्पुर्ण ब्यवस्था मिलाएको थियो ।


सम्बन्धित शीर्षकहरु

१७ वर्षको निर्वासन पछि, बंगलादेश राष्ट्रवादी पार्टी (BNP) का नेता र दक्षिण एसियाली राष्ट्रको आगामी प्रधानमन्त्री बन्ने अग्रपंक्तिमा रहेका तारिक…

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

प्रतिकृयाहरू
...