Saturday 16th November 2024

नेपाल कुवेत साँस्कृतिक मन्चको अध्यक्षमा पुनःगोबिन्द बराल


बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको ९ औ वार्षिकउत्सव तथा ५आै अधिवेशन कुवेत स्थित फर्वनियाको द्धाही प्यालेसमा हिजो मार्च एक तारीख सुक्रवारको दिन भव्यरूपमा सम्पन्न भएको छ । 

गोबिन्द बरालको अध्यक्षतामा सम्पन्न रहेको उक्त कार्यक्रममा कुवेत स्थित नेपाली दूतावास बाट तृतीय सचिब मनोज सिंहको प्रमुख अथित्य रहेको थियो भने संस्थाको सम्पन्न ५ आै अधिवेशन बाट पुनः गोबिन्द बराललाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । 

कार्यक्रम संचालन सचिव प्रसाद तिम्सिनाले गरेका थिए भने कार्यक्रमको सुभारम्भ गर्नका निमित्त कार्यक्रम,प्रमुख अतिथी,बिशेष अतिथीहरु ले संयुक्तरुपमा पानसमा दीप प्रज्जलित गर्दै राष्ट्र र राष्ट्रीयता प्रति सम्मान गर्दै राष्ट्रिय गान, संगै कार्यक्रम उद्घाटन गरिएको थियो। साथै संस्थाकि सदस्य उमा घिमिरेले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थीईन।

उक्त कार्यक्रममा संस्थाको तर्फ बाट सम्छिप्त रूपमा

संस्थाको गतिबिधि प्रस्तुत गर्दै संस्थागत मन्तब्य, संरक्षक: टिकाराम आचार्यले गतिबिधि प्रष्ट पारेका थीए।

शुभकामना मन्तव्यमा- नेपाली दूतावास बाट तृतीय सचिब मनोज सिंह,एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, प्रदिप नेपाली, सोम रसाइली, बिबी मल्ल ठकुरी, उमेश पुडासैनि, कुमार झापाली लगाएतले शुभकामना मन्तब्य राखेका थिए । 

कार्यक्रममा बिशिष्ट अतिथी, एन आर एन ए कुवेतकी अध्यक्ष- सुमित्रा पौडेल, नेपाल कुवेत मंचका संस्थापक संरक्षक: सुजन केसी, लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, बुद्दिजिबी, समाजसेवी, खेलाड़ी, कलाकार, अथितीहरू उपस्थित रहेका थिए।

कार्यक्रममा कलाकार क्षेत्रमा महत्वपुर्ण योगदान दिएको बताऊदै कलाकार- अश्मी तामाङ, कमल कुँवर, उमा घिमिरे, सन्ध्या मगर, ४ सदस्यहरूलाई संस्थाले माया को चिनो सरुप सम्मानपत्र सहित सम्मान गरेको थियो

कार्यक्रममा बोल्दै अध्यक्ष बरालले उपस्थित , नेपाली राजदुताबास, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, बुद्दिजिबी समाजसेवी, तथा भद्र-भलादमी, पत्रकार, कलाकार, खेलाडी, लगायत सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन भएको थियो।

नेपाल कुवेत साँस्कृतिक मन्चको नयाँ क्रार्य समीतिको तालीका निम्न अनुसार रहेको छ।

संस्थापक संरक्षक- सुजन के. सि

बरिष्ठ संरक्षक- टिकाराम आचार्य

संरक्षक- माधब शर्मा

संरक्षक- कुमार झापाली

बरिष्ठ सल्लाहकार- हरिकृष्ण न्यौपाने

सल्लाहकारहरु- सुमित्रा पौडेल,गीता गुरुङ,सन्तोष सुनार,माया न्यौपाने,

कार्यसमिती सदस्यहरु

अध्यक्ष- गोबिन्द बराल

प्रथम उपाध्यक्ष-कृष्ण सुनार

महिला उपाध्यक्ष-नेहा राई

उपाध्यक्ष-कमल कुँवर

महासचिव-रोशन राई

सचिव-अरुण थापा क्षेत्रि

कोषाध्यक्ष-बिमल श्रेष्ठ

सह-कोषाध्यक्ष-सन्ध्या मगर

संयोजक-उमा घिमिरे,प्रसाद तिमील्सिना

सदस्यहरु- भुमा रसाईली,शान्ता भण्डारी,मिरा पौडेल,जीवन सुनार,अश्मी तामाङ,दिलिप कुमार शाह,राज श्याङ्बो,पुनम ठकुरी,सुजल कार्की,बसन्त परीयार,राधा भट्टराई,साबित्रा गैरे,श्याम बि सि,बिमल तामाङ,राजु थापा मगर,नबिन लिम्बु,प्रकाश गुरुङ,सुन्दर परीयार,लमु गोले, लगायत रहेका छन


सम्बन्धित शीर्षकहरु

मराब: लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन पार्टीका प्रमुखले इरान समर्थित हिजबुल्लाहले इजरायलसँगको वर्षौं लामो युद्ध अन्त्य गर्न र लेबनानलाई थप मृत्यु…

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हिन्दूहरूको मुद्दालाई आवाज उठाउने एक पूर्व डेमोक्रेटिक नेतालाई महत्त्वपूर्ण पदका लागि चयन गरेका छन्।…

बंगलादेशका महान्यायाधिवक्ताले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउन सुझाव दिनुभयो, कारण के थियो ? बंगलादेशका महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले देशको संविधानबाट 'धर्मनिरपेक्ष' र…

प्रतिकृयाहरू
...