Thursday 25th December 2025

कतारमा हृदयघातबाट २ नेपालीको मृत्यु


तीतोपाटी-दुई हप्तामा कतारको एलजी कम्पनीमा कार्यरत्त दुई नेपाली कामदारको हृदयघातबाट ज्यान गएको छ । ज्यान जानेमा धनुषा जनकपुरका ४८ वर्षका उदय नारायण सदा र झापा बुधबारेका ५१ वर्षका रवि राई छन् ।

कतारको सनायामा रहेको एलजी कम्पनीमा कार्यरत्त जनकपुरका उदय नारायणको शुक्रबार विहान कम्पनीमा काम गर्दै गरेको बेला हृदयघात भएर मृत्यु भएको हो । यस्तै सोहि कम्पनीमा कार्यरत्त झापा बुधबारेका रविको १५ दिनअघि हदयघातबाट मृत्यु भएको कम्पनीमा कार्यरत्त नेपाली कामदार सूर्य खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार रविको शव एकहप्ता अघि नेपाल पठाइसकिएको र उदयनारायाणको शव नेपाल पठाउने तयारी भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...