Sunday 21st December 2025

१७ औं एमबि बमजन गोल्ड कप २२ र २९ मार्चमा खेलाईने


तितोपाटी – माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले यहि आउँदो मार्च २२ र २९ मा १७ औं एमबि बमजन गोल्ड कप फुटबलको आयोजना गर्ने भएको छ । क्लबको खेलकुद विभाग प्रमुख मोहन नाछिरिङ राइले सो कुराको जानकारी गराएका छन् ।

कुवेतको सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी, पत्रकार कलाकार साथै कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको साथ सहयोगको अपेक्षा गर्दै फेरि पनी क्लव यहाँहरूको माझ यहाँहरूकै इच्छालाइ आत्मसात गरेर यहाँहरुकै मनोरन्जन र खेल प्रति भएको यहाँहरुको झुकावलाई मध्यानजर गर्दै आगामी मार्च २२ र २९ तारिख शुक्रबारका दिन १७ औं बमजन गोल्ड कप कुवेतको फाहाहिल स्थित सनैया फुटबल मैदानमा खेलाईने भएको छ ।

कुवेतमा फुटबल खेल खेलाउन हिँजो मात्रै कुवेतको खेलकुद मन्त्रालयबाट स्विकृट प्राप्त भएको जानकारी गराउदै २ वटा शुक्रबार लगातार खेलाईने यस टुर्नामेण्टमा सहभागी हुन आयोजक क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई अनुरोध गरेको छ भने खेलको टाईसिट कहिले र कुन दिन गर्ने वारे खेलकुद बिभाग प्रमुख मोहन नाछिरिङ राई ले छिट्टै जानकारी दिने जनाएको छ।

खेलकुद कार्यक्रमको विवरण 

आयोजक :माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत
कार्यक्रम :१७ औं बमजन गोल्ड कप
स्थान : फाहाहिलको सनैया फुटबल मैदान
मिति :- २२ र २९ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ८:०० बजे


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...