Friday 25th September 2026

एनआरएनए कुवेतले गर्यो राजदुत हमालको बिदाई


तीतोपाटी-गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्धारा नेपाली राजदूताबास कुवेतका लागि राजदूत महामहिम यज्ञबहादुर हमाल र उहाकि धर्मपत्नि रिता हमाललाई दोसल्ला ओढाई मायाको चिनो र कदर पत्र प्रदान गर्दै मिति १ फेब्रुवरी २०१९ शुक्रबारको दिन फर्वानिया स्थीत द्वाईही प्यालेस रेष्टुरेन्टमा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । परिषदले चार वर्षे कार्यकालमा राजदुत हमालले खेल्नु भएको भुमिकाको सम्मान गर्दै उहाको उज्वल भबिष्यको कामना गरेको थियो ।

परिषदका अध्यक्ष श्रीमती सुमित्रादेबी पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा संयोजक गणेश रावतद्वारा स्वागत मन्तव्य दिनुभएको थियो भने महासचिव हरि लावतीले कार्यक्रम सहजीकरण गर्नु भएको थियो । विदाई कार्यक्रममा परिषदका सल्लाहकार सूजन केसी, सुरज मास्के, अन्तराष्ट्रिय कलाकार मञ्च कुवेतका अध्यक्ष सोम रसाइली, जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ र आरडि क्रियशनको तर्फबाट दिल कुमार पाख्रिनले  शुभकामना मन्तब्य दिनुभएको थियो । शुभकामना मन्तब्यको क्रममा वक्ताहरुले राजदूत हमालको चार बर्षे कार्यकाल सफल तथा उदाहरणीय भएको भन्दै  सबै वक्ताहरुबाट राजदुत हमालको प्रशंसा गरिएको थियो । 

महामहिम राजदुतबाट कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र नेपाली राजदूतावस कुवेतको सहकार्यको चर्चा गर्दै एनसिसि कुवेतले गरेका मानविय कार्यहरुको प्रशंसा गर्नुभएको थियो । महामहिम कुवेतबाट बिदा भएपनि नेपालमा उहा कार्यरत रहने सरकारी निकायमा आफ्नो ढोका सदैब खुला रहने र परिषद लगायत कुवेतवासी नेपालीहरुले दिनुभएको माया, ममता, साथ सहयोग सदैब सजाएर राख्ने बताउनु भएको थियो । 

कार्यक्रमको समापन गर्दै परिषदका अध्यक्ष सुमित्रादेबी पौडेलले परिषदको निमन्त्रणालाई सहर्ष  स्विकार गरी उपस्थित हुनुभएका अतीथीहरुमा धन्यबाद दिनुहुदै आफ्नो कार्यकाल पुरा गरि नेपाल फर्किन लाग्नु भएका महामहि राजदुतको उन्नती, प्रगती र उज्वल भबिष्यको कामना गर्नुभएकी थिइन ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...