Monday 21st July 2025

अष्ट्रेलियामा सडक दुर्घटनामा परि एक नेपाली बिद्यार्थीको मृत्यु


तितोपाटी – सिड्नीको ओलङ्गनमा सडक दुर्घटनामा परि एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । चितवनको भरतपुर घर भएका सुजन दहालले चलाएको कार रोकिराखेको ट्रकमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलका अनुसार ४ वर्षअघि श्रीमतीको साथमा डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया आएका उनी न्यु साउथ वेल्सकै टारी क्षेत्रमा बसोबास गर्दथे । विहिबार साँझ कामबाट फर्कने क्रममा सडकमा बिग्रिएर रोकिरहेको ट्रकमा उनले चलाएको कार ठोक्किएको थियो । दुर्घटनाका कारण उनको घटनास्थलमै मृत्यु भएको खरेलले बताए । उनको शवलाई अहिले ओलङ्गन अस्पतालमा राखिएको छ ।

मृतकका बुबाआमा पनि अहिले अष्ट्रेलियामै रहेका कारण परिवारको आग्रह अनुसार आवश्यक सहयोग पुर्‍याइरहेको एनआरएनले जनाएको छ । क्यानबेरास्थित दूतावासले घटनाको बारेमा जानकारी पाएको बताउँदै आवश्यक्ता अनुसार सहयोग पुर्‍याउन तयार रहेको जनाएको छ ।

अष्ट्रेलियामा करिब २ साताबिचमा नेपाली बिद्यार्थीहरुमा घटेको यो तेस्रो घटना हो । करिब २ साता पहिले दक्षिण अष्ट्रेलियाका बिद्यार्थी निश्चल घिमिरेको समुन्द्रमा डुबेर मृत्यु भएको थियो भने बुधबारमात्र न्यु साउथ वेल्सको अल्बरीमा बिगुल पण्डित पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ।…

तितोपाटी-नेपालले लगातार दोस्रो पटक आइसिसी विकास श्रेणी अवार्डअन्तर्गत डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद…

तितोपाटी- १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका…

प्रतिकृयाहरू
...