Thursday 24th September 2026

अष्ट्रेलियामा सडक दुर्घटनामा परि एक नेपाली बिद्यार्थीको मृत्यु


तितोपाटी – सिड्नीको ओलङ्गनमा सडक दुर्घटनामा परि एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । चितवनको भरतपुर घर भएका सुजन दहालले चलाएको कार रोकिराखेको ट्रकमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एनआरएन अष्ट्रेलियाका प्रवक्ता डिला खरेलका अनुसार ४ वर्षअघि श्रीमतीको साथमा डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया आएका उनी न्यु साउथ वेल्सकै टारी क्षेत्रमा बसोबास गर्दथे । विहिबार साँझ कामबाट फर्कने क्रममा सडकमा बिग्रिएर रोकिरहेको ट्रकमा उनले चलाएको कार ठोक्किएको थियो । दुर्घटनाका कारण उनको घटनास्थलमै मृत्यु भएको खरेलले बताए । उनको शवलाई अहिले ओलङ्गन अस्पतालमा राखिएको छ ।

मृतकका बुबाआमा पनि अहिले अष्ट्रेलियामै रहेका कारण परिवारको आग्रह अनुसार आवश्यक सहयोग पुर्‍याइरहेको एनआरएनले जनाएको छ । क्यानबेरास्थित दूतावासले घटनाको बारेमा जानकारी पाएको बताउँदै आवश्यक्ता अनुसार सहयोग पुर्‍याउन तयार रहेको जनाएको छ ।

अष्ट्रेलियामा करिब २ साताबिचमा नेपाली बिद्यार्थीहरुमा घटेको यो तेस्रो घटना हो । करिब २ साता पहिले दक्षिण अष्ट्रेलियाका बिद्यार्थी निश्चल घिमिरेको समुन्द्रमा डुबेर मृत्यु भएको थियो भने बुधबारमात्र न्यु साउथ वेल्सको अल्बरीमा बिगुल पण्डित पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...