Wednesday 18th November 2026

कांग्रेसको १५औँ महाधिवेशन सुरु, नयाँ नेतृत्व चयनको तयारी


काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ।

महाधिवेशनमा पार्टीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरिनेछ भने अन्तिम दुई दिन नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ।

उद्घाटन समारोहमा कांग्रेस सभापति गगनकुमार थापा ले संसद्, राजनीतिक दल र राज्यसंस्थाहरू जनताका प्रश्न र विचारका लागि थप खुला हुनुपर्ने बताए। उनले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिने प्रवृत्तिले जनतामा राजनीतिप्रति निराशा बढाएको समेत बताए।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ले संविधान संशोधन सबै पक्षको सहमतिमा हुनुपर्ने धारणा राखे। यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसमा नयाँ नेतृत्वको उदय भएको भन्दै बधाई दिए र शान्ति प्रक्रिया तथा संविधानको रक्षा गर्न सबै दल मिलेर अघि बढ्नुपर्ने बताए।

रवि लामिछाने ले पनि लोकतन्त्र कमजोर नपार्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

यसपटक महाधिवेशनमा प्यानल प्रणालीलाई कम प्राथमिकता दिइएको, डिजिटल प्रचारलाई बढावा दिइएको तथा युवा र महिलाको सहभागिता बढाउने नयाँ अभ्यास गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका यस प्रकार रहेको छः



सम्बन्धित शीर्षकहरु

पखेटा छैनन्, उडूँ कहाँ म, आकाश टाढा छ, मनै भने प्रियको सम्झनामा, हराउँदै जान्छ। फूलका बगैँचा फुले पनि, मन फुल्न…

जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रीस र नेदरल्याण्ड्सले सन् २०२७ देखि रवान्डामा आप्रवासी फिर्ता केन्द्र खोल्ने योजना सार्वजनिक गरेका छन्। यो केन्द्रमा…

अमेरिकी गुप्तचर निकायले इरानले अमेरिकी भूमिमै ठूलो आक्रमण गर्न सक्ने सम्भावनाबारे नयाँ सूचना प्राप्त गरेको जनाएको छ। उक्त सूचनाअनुसार इरानले…

प्रतिकृयाहरू
...