Saturday 15th August 2026

३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ भव्य रूपमा सम्पन्न


नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन खैतानस्थित राजधानी होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्साल, NRNA कुवेतका अध्यक्ष विकाससिंह ठकुरी, NRNA केन्द्रीय सचिव सुजन केसी, नेपाल आदिवासी जनजाति महासंघका संस्थापक अध्यक्ष अमित चाम्लिङ, नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए। मन्तव्यका क्रममा वक्ताहरूले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, मौलिक पहिचान तथा अधिकारको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।

महामहिम राजदूत घनश्याम लम्सालले प्रवासमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्न समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी, NRNA कुवेतका अध्यक्ष विकाससिंह ठकुरी, NRNA केन्द्रीय सचिव सुजन केसी, महासंघका संस्थापक अध्यक्ष अमित चाम्लिङ तथा नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल लगायतले शुभकामना मन्तव्य राख्दै नेपाली आदिवासी जनजाति समुदायबीच एकता, सहकार्य र आपसी सद्भाव अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा कुवेतमा रहेका विभिन्न आदिवासी जनजाति समुदायको उल्लेख्य सहभागिता रहेको थियो। विभिन्न जातजातिका मौलिक कला, संस्कृति र परम्परा झल्काउने सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतले प्रवासमा रहेका नेपाली आदिवासी जनजातिको पहिचान, भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यसै क्रममा आयोजना गरिएको यस वर्षको विश्व आदिवासी दिवस तथा वार्षिक उत्सवले कुवेतमा रहेका नेपाली समुदायबीच आपसी एकता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

अमेरिकाले इरानसँग जारी सैन्य तनावका बीच मध्यपूर्वमा तैनाथ ‘युएसएस अब्राहम लिंकन’ को स्थानमा ‘युएसएस जर्ज वासिङ्टन’ पठाउने तयारी गरेको छ।…

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

प्रतिकृयाहरू
...