Wednesday 28th October 2026

कुवेतमा ड्रोन आक्रमणमा परी नेपालीको मृत्यु, दूतावासद्वारा आधिकारिक पुष्टि


कुवेतमा भएको ड्रोन आक्रमणमा परी नेपाली नागरिक सोम कुमार तामाङ (४४) को निधन भएको घटनालाई नेपाली राजदूतावास, कुवेत ले आधिकारिक रूपमा पुष्टि गरेको छ।

दूतावासले मृतकप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।

यसैबीच, क्षेत्रीय सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन, स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न र अत्यावश्यक बाहेक अनावश्यक रूपमा बाहिर ननिस्कन दूतावासले अनुरोध गरेको छ।

दूतावासले आवश्यक परेमा आफ्नो आधिकारिक माध्यमबाट थप जानकारी तथा सहायता उपलब्ध गराइने पनि जनाएको छ।


सम्बन्धित शीर्षकहरु

सर्बियामा दुई वर्षअघि भएको रेल स्टेशन दुर्घटनापछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। नोभी साद शहरको…

जोर्डनले दक्षिणी सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) समूहका २० भन्दा बढी लडाकु मारिएको दाबी गरेको छ। मंगलबार सार्वजनिक…

कुवेत/तेहरान, २७ अक्टोबर। इरानी संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफले देशका सर्वोच्च नेता मुज्तबा खामेनेई पूर्ण रूपमा स्वस्थ रहेको बताएका छन्।…

प्रतिकृयाहरू
...