Saturday 7th November 2026

अमेरिकी आक्रमणपछि इरानको जवाफी कारबाही दाबी


अमेरिकाले दक्षिणी इरानका केही क्षेत्रमा हवाई आक्रमण गरेको करिब एक घण्टापछि इरानको युद्ध व्यवस्थापन निकायले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ। इरानी सेनाले र Islamic Revolutionary Guard Corps (आईआरजीसी) ले संयुक्त रूपमा शक्तिशाली हमला गरेको जनाएको छ।

आईआरजीसीले Bahrain मा रहेको अमेरिकी पाँचौं नौसैनिक बेडामाथि ड्रोन आक्रमण गरेको तथा Jordan को अल-अजराकस्थित अमेरिकी सैन्य अड्डामा लामो दूरीका क्षेप्यास्त्र प्रहार गरी एफ–३५ लडाकु विमानका ह्याङ्गरलगायत चार महत्वपूर्ण लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ।

यसैबीच, आईआरजीसीले उत्तरी फारस खाडी क्षेत्रमा उडिरहेको एक अमेरिकी ड्रोन पनि खसालिएको जनाएको छ। उता अमेरिकी सेनाको United States Central Command (सेन्टकम) ले आफ्नो हेलिकोप्टरमाथि आक्रमण भएपछि जवाफी कारबाही गरिएको र उक्त अभियान समाप्त भएको जनाएको छ।

इरानले अमेरिकी अड्डामाथि गरेको भनिएको आक्रमणबारे अमेरिकाले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।


सम्बन्धित शीर्षकहरु

तेहरान । अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किन सक्ने आशंकाबीच अमेरिकी अधिकारीले इरानी सर्वसाधारणलाई सतर्क रहन चेतावनी दिएका छन्।…

कुवेतमा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती संयुक्त रूपमा मनाइँदै किरात याक्थुङ चुम्लुङ, कुवेत र किरात धर्मावलम्बीहरूको संस्था माङ्सेबुङ…

केन्याका धार्मिक नेता पॉल म्याकेन्जीलाई १९० बालबालिकासहित १९१ जनाको मृत्यु गराएको आरोपमा अदालतले २०० वर्षको जेल सजाय सुनाएको छ। म्याकेन्जीले…

प्रतिकृयाहरू
...