Tuesday 4th August 2026

रास्वपा–बालेन सहमति अन्तिम मोडमा पार्टी रविको, सरकार बालेनको!


राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने र बालेनबीच प्रारम्भिक ड्राफ्टमा सहमति भइसकेपछि अहिले त्यसैको आधारमा अन्तिम ड्राफ्ट तयार पारिँदैछ।

स्रोतका अनुसार पार्टीको नेतृत्व रवि लामिछानेले नै गर्नेछन् भने आगामी निर्वाचनमा बहुमत आएमा बालेन साहलाई प्रधानमन्त्रीका रूपमा अघि सारिने सहमति बनेको छ। बालेनले रास्वपाको संगठन, चुनाव चिह्न र संरचना स्वीकार गर्दै पार्टीमै जोडिने मनस्थिति बनाइसकेको बताइन्छ।

सहमतिको काममा रास्वपातर्फ उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनाल सक्रिय छन् भने बालेनतर्फ कुमार बेन र भूपदेप साह छलफलमा छन्। अन्तिम चरणमा ऊर्जामन्त्री कुलमान घिसिङलाई समेत समेटेर त्रिपक्षीय समझदारी गर्ने तयारी छ।

कमलपोखरीमा अल्झिएको वार्ता ज्वागलमा पुगेर ट्र्याकमा फर्किएको हो। सुरुमा बालेनको जोड प्रधानमन्त्री पदमै रहेकाले कुरा बिग्रिएको जस्तो देखिए पनि रविले चुनावपछिको सरकारको नेतृत्व प्रस्ताव गरेपछि सहमति नजिक पुगेको स्रोत बताउँछ।

रास्वपासँग जोडिएपछि बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने रणनीतिमा छन्। जुनसुकै क्षेत्र भए पनि ओलीविरुद्ध उम्मेदवारी दिने उनको तयारी रहेको निकटस्थहरूको भनाइ छ।

समानुपातिक सूचीसमेत सहमतिमै टुंग्याउने प्रयास भइरहेको छ। बन्दसूची बुझाउने म्याद नजिकिँदै गर्दा दुवै पक्ष छिटो निर्णयमा पुग्ने दबाबमा छन्।

यदि यो सहमति अन्तिम रूप पायो भने नेपाली राजनीतिमा “एकले पार्टी, अर्काले सरकार” मोडेलसहित नयाँ वैकल्पिक शक्ति उदाउने संकेत देखिएको छ।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...