Monday 14th September 2026

जन-जागृति युवा समाज कुवेतले गर्यो सवारी दुर्घटना पीडित सदस्यलाइ १ लाख १४ हजार बढि सहयोग


तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख १४ हजार भन्दा बढीको आर्थिक सहयोग गरेको छ । सो सहयोग समाजमा आवद्ध सदस्यहरू एवं शुभचिन्तक साथीहरूबिच संकलन गरि संस्थाको राहतकोषबाट थप गरि गत शुक्रबार पीडितको आवासमै पुगेर संस्थाका संरक्षक, अध्यक्ष लगायतले २४५ कुवेती दिनार हस्तान्तरण गरेका हुन् ।

भोजपुर जिल्ला साविक हेलौँछा गाबिस वडा नं ४, सोलाखाम, हाल भोजपुर नगरपालिका वडा नम्बर २ स्थाई ठेगाना घर भइ हाल वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा कार्यरत लाल बहादुर तामाङ गत ८ नोभेम्बर २०२५ शनिबार बिहान आफैले चलाइरहेको टिप्पर गाडी अनियंत्रित भै अचानक दुर्घटना हुँदा गम्भीर घाइते अबस्थामा कुवेतको शेखजावेर अस्पताल भर्ना भइ १२ दिनको उपचार पश्चात साप्ताहिक रूपमा अस्पताल जाने गरी आफ्नो कम्पनीको आवसमा फर्किए पनि तत्काल काम गर्न सक्ने अबस्थामा नरहेको र अस्पतालको उपचारार्थ खर्च समेत नभएको अबस्थामा संस्थाको तर्फबाट सहयोगी मनका साथीहरू मिलेर उक्त रकम संकलन गरि संस्थागत रूपमा सहयोग गरिएको हो ।

अहिलेको अबस्थामा घरदेशमा त सहयोग पाउन कठिन हुने समयमा परदेशमा समेत सामाजिक मनका साथीहरूको अपार मायाका साथ एउटा सदस्या पीडामा हुँदा सबैले मिलेर मलहम लगाउने कार्य गर्न पाउँदा निकै गर्व लागेको बताउँदै सहयोगी सबै साथीहरूप्रति संस्थाको तर्फबाट अध्यक्ष तामाङले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

स्मरण रहोस, यस अघि निज तामाङ दुर्घटनामा परेदेखि नै पूर्ण रेखदेखमा स्वास्थ्योपचार गराइ अस्पतालको खर्च भुक्तानी गरि निवाससम्म ल्याउने काम समेत संस्थाका अध्यक्ष राम बहादुर योन्जन तामाङले नै गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...