Monday 27th July 2026

‘मनमुटाव’को चर्चाबीच खेम सेन्चुरी र शान्तिश्री परियारले ल्याए गीत


सम्बन्धमा ‘दरार’ आएको चर्चाबीच लोकगायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको नयाँ गीत सोमबार रिलिज भएको छ । गीत रिलिज भएपछि धेरैले प्रश्न गरेका छन्– के यी दुईबीच पुनः हार्दिकता पलाएको हो ? गीतकार र म्युजिक भिडियोका निर्माता समेत रहेका प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरिक्षक भूपेन्द्र बुढाथोकीको नयाँ गीत ‘परदेशी हुनै मन छैन’मा यी दुईले सहकार्य गरेका हुन् । तर, यो गीतका लागि खेम र शान्तिश्रीको सहकार्यको किस्सा भने रोचक छ ।
बुढाथोकीले डेढमहिनाअघि मात्र शान्तिश्री र खेमको स्वरमा अनामनगरको मालाश्री स्टुडियोमा गीत रेकर्ड गराएका हुन् । तर, त्यसको केही महिनाअघि देखि नै यी दुईबीच सम्बन्ध हार्दिक नरहेको चर्चा मिडियामा आउन थालिसकेको थियो । गीतमा खर्च गरिसकेका बुढाथोकीलाई कुनै हालतमा गीत रेकर्ड गर्नुपर्ने बाध्यता थियो । सुरुमा त खेम र शान्तिश्री दुवैले सँगै काम गर्न मानेनन् तर गीत निर्माणमा खर्च भैसकेको स्थितीमा अलग-अलग गीत रेकर्ड गरेर भएपनि तयार पर्ने सहमति भयो ।

जसअनुसार, सुरुमा खेमले गीत रेकर्ड गरे । त्यसको एकसातामा शान्तिश्रीले स्वर रेकर्ड गराइन् । त्यसपछि ऋषि खड्काले संगीत कम्पोज गरे । ‘उहाँहरूले सुरुमा मान्नुभएको थिएन । मैले लाखौं खर्च गरिसकेको थिएँ । त्यसपछि उहाँहरू कन्भिन्स हुनुभयो र गाउन मान्नुभयो’ बुढाथोकीले अनलाइनखबरसँग भने । शान्तिश्री र खेमले थुप्रै हिट गीतमा सहकार्य गरेका छन् । तर, पछिल्लो वर्षयता यी दुईबीच हार्दिक सम्बन्ध नरहेको सतहमै देखिन्छ । सार्वजनिक प्लाटफर्ममै उनीहरूले एकअर्काप्रति आरोप प्रत्यारोप पनि गरिरहेका छन् । यस्तोमा, भूपेन्द्र बुढाथोकीको नयाँ गीतले यी दुईबीच पुनः चर्चा सुरु गरिदिएको छ ।-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

सर्वोच्च अदालतले न्यायिक सेवामा नागरिकको पहुँच सहज बनाउन सोमबारदेखि इजलासबाट जारी हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्ने व्यवस्था…

प्रतिकृयाहरू
...