Wednesday 31st December 2025

पूर्वराजाको सक्रियताले राजनीतिक ‘हलचल’, काठमाडौंको सुरक्षा व्यवस्था कडा


राजावादी समूह पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा अराजक जुलुश प्रर्दशन गर्ने सक्ने संभावनालाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था विहानैदेखि कडा पारिएको छ।

पोखराबाट काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले स्वागत गर्ने र त्यसक्रममा हुने प्रर्दशनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाकै सुरक्षा व्यवस्था कडा पारिएको हो। आइतबार विहानैदेखि काठमाडौंका मूख्य गल्ली र चोकहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा अंगलाई परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले दिएको जानकारी अनुसार काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन्। उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन्। खासगरी दूर्गा प्रसाईको समूहले गणतन्त्रमाथि धावा बोल्न थालेपछि राजावादी समूह बढी नै अराजक र उत्तेजित भएको सुरक्षाकर्मीहरुको विश्लेषण छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सबै स्थानमा सुरक्षा व्यवस्था कडा भएको बताए। ‘अनियन्त्रित भई हुलहुज्जत, अमर्यादित, अवाञ्छित र गैरकानुनी क्रियाकलाप हुनसक्ने भएकाले सुरक्षा अवस्था चुस्त बनाइएको छ’, प्रजिअ तिवारीले भने।

नेपाल प्रहरीबाहेक नेपाली सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका टोली पनि सुरक्षा व्यवस्थाका निम्ति परिचालन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंको स्रोतले जनाएको छ। ‘जिल्ला सुरक्षा समितिको क्षेत्राधिकारभित्र पर्ने चार वटै सुरक्षा संयन्त्र परिचालन हुन्छ’, गृहमन्त्रालय स्रोतले भन्यो।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यका अनुसार व्यक्तिहरुको आवतजावत निषेधित हुँदैन, तर त्यस क्रममा हुने कुनै पनि किसिमका हुलहुज्जत तथा आराजकतापूर्ण गतिविधि गर्न स्थानीय प्रशासनले छुट दिएको छैन। ‘हुलहुज्जत, अमर्यादित, अवाञ्छित गतिविधि गर्न कानुनले छुट दिएको छैन’, डिआइजी आचार्यले भने।

राजावादी अभियान र पार्टी राप्रपाले लाखौंका मानिसबीच ज्ञानेन्द्र शाहको स्वागत गर्ने जनाएको छ। यसअघि राजनीतिमा नयाँ छालका रुपमा आकस्मिक हिसाबले राजावादीको बलियो चहलपहल र ज्ञानेन्द्र शाहको सक्रियताले हलचल ल्याएपछि सरकार पनि अहिले अत्तालिएको जस्तो देखिन्छ।

पटक पटक सत्तमा रहेको माओवादी केन्द्रले तराई मधेस जागरण अभियान स्थगित गरी पदाधिकारी बैठक डाकेर गणतन्त्रवादी कित्ताका दलसँग संयुक्त छलफलको तयारी गरिरहेका बेला यता प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शनिबार शितल निवासमा भेट गरेका थिए। शनिवार साँझ सुरक्षा अंगका प्रमुखहरुको छुट्टै बैठक समेत बसेको थियो। डिसि नेपालबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...