Saturday 24th October 2026

अफगानिस्तानमा मानव तस्करीविरुद्ध ठूलो कारबाही, ११३ जनाको उद्धार


अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ।

प्रहरीका अनुसार ६ जना मानव तस्करले ती व्यक्तिहरूलाई अवैध मार्ग प्रयोग गरेर देशबाहिर लैजान खोजिरहेका थिए। सुरक्षा निकायले उनीहरूको योजना पत्ता लगाएर सबै ६ जनालाई पक्राउ गरेको छ।

कारबाहीका क्रममा तस्करहरूले प्रयोग गरेका ४ वटा सवारीसाधन र ३ वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

अधिकारीहरूले मानव तस्करीमा संलग्न हुनेलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्।

रोजगारीको खोजीमा छिमेकी इरान पुग्न अवैध रूपमा यात्रा गर्ने क्रममा पछिल्लो दुई महिनामा निमरोजका मरुभूमि क्षेत्रमा तिर्खा र भोकका कारण कम्तीमा २६ जनाको मृत्यु भइसकेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

सर्बियाको राजधानी बेलग्रेडमा चुनावअघि विद्यार्थी नेतृत्वको आन्दोलनले ठूलो शक्ति प्रदर्शन गरेको छ। बिहीबार आयोजित र्‍यालीमा करिब १ लाख ५० हजार…

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

प्रतिकृयाहरू
...