Sunday 25th October 2026

बैंककमा भीषण बाढी, हजारौं मानिस आश्रयस्थलमा


थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको छ भने करिब ५२ हजार घरधुरी प्रभावित भएका छन्।

बिहीबारदेखि आइतबारसम्म केही क्षेत्रमा ३३० मिलिमिटरभन्दा बढी वर्षा भएपछि बैंककका सबै ५० जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको छ।

बाढीका कारण घर, सडक र बजार क्षेत्रहरू जलमग्न भएका छन्। धेरै परिवारले घर छाडेर विद्यालय तथा अस्थायी आश्रयस्थलमा बस्नुपरेको छ। केही स्थानमा घरभित्र ३० घण्टाभन्दा बढी समय पानी जमेको स्थानीयले बताएका छन्।

बैंकक महानगरपालिकाले नहरहरूमा पानीको सतह अझै उच्च रहेको जनाएको छ। थप वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

बाढीका कारण सयौं विद्यालय बन्द भएका छन् भने अत्यावश्यक सामग्री किन्ने भीड बढेपछि सरकारले सर्वसाधारणलाई अनावश्यक रूपमा सामान भण्डारण नगर्न अनुरोध गरेको छ।

-https://www.theguardian.com/world/2026/sep/27/our-house-was-under-water-bangkok-floods-force-thousands-into-shelters-as-disaster-declared


सम्बन्धित शीर्षकहरु

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा…

प्रतिकृयाहरू
...