Tuesday 6th October 2026

कमला देवकोटाको लघुकथा ” प्रेममा विश्वासघात”


राम शरण रुंदै बक्न थाले । जति मायाँ र जतन गरेर हुर्काए पनि छोरीलाई अर्काकोमा दिनै पर्ने। आँसु पुछ्दै मण्डप बाहिर थ्याच्च बसे। पत्नी चारु भु्मिमा लम्पसार थिइन् । क्षण क्षणमा बर्बराउँथिन्। कस्ता सङ्ग प्रेम बस्यो कुन्नी। दुःख पाउने हो कि?
दिदी बहिनी दाजु भाइले संझाउँदै थिए।अब छोरी बिदाईको बेला भयो। बाजा जोर जोरले बज्दै थियो। राम शरण ज्वाइँ सम्म गए र भने । आज देखि मेरी छोरी हजुरकी भइन्। काम काज हेर्नुहोला। सुशील छिन् । उनको बानी मन परेन भने, ताडना दिने, गाली गलौज गर्ने नगर्नुहोला ।उनको शरीरमा कुनै घाउ चोट्पटक नलागोस्। बरु म कहाँ नै ल्याईदिनुहोला। कृपया यो मेरो अनुरोध हो। ज्वाइँ भन्दै गए , के पीर गर्नुभएको शसुरा ज्यु? मेरो मायाँको पोकोलाई के म दुख दिउँला र? ढुक्क हुनुस्।
हप्ता दिन बडो मुस्किलले बित्यो। पतिदेव परस्त्री लम्पट रहेछन् । पत्नीको राम धुलाई। दशौँ दिनमा छोरीको घरबाट खबर आयो तिम्रो छोरी लिन आउनु।
हड्बडाएर रामशरण आफै लिन पुगे। छोरीको शरीर बाहिर राखिएको प्रांगणमा। ज्वाइँ फरार। हस्पिटल पुर्याउँदा डक्टरले घोषणा गरे पध्र मिनट ढिलो ल्याउनुभो। उन्लाई बचाउन सकेनौँ । टाउकामा ठूलो चोट लागेको रहेछ।

-कमला देवकोटा, पाल्पा


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...