Tuesday 14th January 2025

दिप्त बस्नेतको कविता “विदेश”


आफ्नो गाउँ सहर कसलाई होला देश बाहिरिने रहर
आफ्नो को छन् नाता यहाँ रोए कराए हुन्छ खोलाको बगर ।

मनमा छ जे छ दुःख होस् वा सुख
सदावहार काम नगरे बन्द हुन्छ जोड्न हात मुख ।

समय हुन्न हिडडुल गर्न वा जाडोमा बिहानको घाम ताप्न
आफ्नो देशमा आफन्तहरू सोच्छन गाको छ पैसा छाप्न ।

सालै बित्यो वर्ष बित्यो आफ्नो ऋण जस्ताको तेस्तै
आफन्तहरूलाई लाग्छ परदेशी रमाइलोमा बसे मस्तै ।

कहिले कमाउने कहिले जमाउने कहिले हो हुने धनि
जीऊ वा पाउ दुखोस खानको लागि काम गर्नो पर्यो बिरामी भएपनि ।

लाख कमाओस वा करोड के काम आखिर खुसि छैन भने
पैसा भए सबको हाइहाइ नत्र आफन्तले दबावको खाल्डो खन्ने ।

पैसा कमाए फर्किने नेपाल छात्ती फुलाई नत्र धेरै कुराको डर
आफन्त त परै जाओस पैसाबिना आफ्नै परिवारकै नहुने रैछ भर ।


सम्बन्धित शीर्षकहरु

इजरायलले सम्भावित बन्धक सम्झौताको भागको रूपमा दक्षिणी इजरायलको अक्टोबर 7 मा भएको नरसंहारमा भाग लिने नुख्बा सेनासँग सम्बन्धित कुनै पनि…

“हामी हाम्रा दृढ र धैर्यवान जनता र जेलमा रहेका हाम्रा वीर कैदीहरूसँग हाम्रो प्रतिज्ञा नवीकरण गर्छौं, र हामी पुष्टि गर्छौं…

संखुवासभा समाज कुवेतले जिल्लाका तीन विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। समाजका अध्यक्ष विजय लामाको नेतृत्वमा गरिएको यो…

प्रतिकृयाहरू
...