Monday 17th August 2026

इजरायल र हिजबुल्लाहबीच युद्धविराम


रोयटर्स -अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि इजरायल र इरान-समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम बुधबारदेखि लागू भएको छ ।
यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग खोल्छ, जसले गएको वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो।

बाइडेनले मंगलबार ह्वाइटहाउसबाट सम्बोधन गर्दै इजरायली सुरक्षा मन्त्रिपरिषद्ले १०-१ को मतले सम्झौता स्वीकृत गरेको बताए । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीसँग कुरा गरेको र स्थानीय समयअनुसार बिहान ४ बजे युद्ध समाप्त हुने बताए ।
‘यो स्थायी रूपमा शत्रुता अन्त्य गर्नका लागि गरिएको हो’ बाइडेनले भने,’हिजबुल्लाह र अन्य आतंकवादी संगठनहरूको बाँकी हिस्सा इजरायलको सुरक्षालाई फेरि धम्की दिन दिइने छैन।’

बाइडेनका अनुसार, इजरायलले ६० दिनको अवधिमा आफ्नो सेनाहरू क्रमशः फिर्ता लैजानेछ । हिजबुल्लाहले त्यहाँ आफ्नो संरचना फेरि निर्माण गर्न नसकोस् भनेर लेबनानको सेनाले आफ्नो सीमामा रहेको क्षेत्रको नियन्त्रण लिनेछ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा…

प्रतिकृयाहरू
...