Tuesday 21st January 2025

रबि दोषी कसरी ? ओली ले संसदमा १ घण्टा भांग पिएर बोलेका थिए ?


सत्ता मोह अचम्मको अपराधी चरित्रको हुदो रहेछ । सत्ता पाईन्छ भने जे सुकै किन गुमाउन नपरोस ।

अहिले एमाले ले सत्ताका लागि ईमान, जमान, नैतिकता, स्वभिमान, सिद्धान्त, विचार, आचार, निती नियम, कानून , करुणा, सहिष्णुता कर्तव्य लगायत का सबै कुरा कांग्रेसको पाउँमा त्वम शरणम गरिसकेको छ । एमाले शुन्य मा विलाएको छ । यसको आकार प्रकार केही छैन । यसमा चेतना र विवेक हराई सकेको छ ।

एमाले पृष्ठभूमीबाट हुर्किएका म जस्ता सामान्य मानिसले पनि घृणा गर्ने अवस्थामा किन पुग्यो एमाले ? आज २० औ बर्षसम्म पार्टी सदस्यता नविकरण नगरेर बसियो, मनमा दुविधा भईरहन्थ्यो तर ठिक गरिएछ भन्ने अनुभूती बल्ल हुन थालेको छ । एमाले लाई नत्यागे पनि उसैलाई भोट खसाउदै आएका आफ्नै हात हेरेर पछुतो लाग्न थालेको छ । मिल्दैनर पो त, नत्र अपराधलाई बैधता दिलाउन अघि सर्ने यी हातहरु नै काटेर फाल्नु जस्तो लाग्छ ।

जनतालाई पार्टीको सदस्यता पत्र थमाएर साँढे डामे झै डाम्न पल्केका दलहरुको सिन्डिकेट प्रणाली ले मुलुकलाई यहाँसम्म ल्याई पुरयाएको थाहै भएन । कति घातक हुदो रहेछ दलिय दलाल तन्त्र । गोपाल हमाल ले भने जस्तो साँच्चै जनता स्वतन्त्र भए मात्र देश स्वतन्त्र हुने रहेछ । नत्र त आफ्नैहरु ले देशमा अराजकता मच्चाएको टुलुटुलु हेरेर तिनैलाई मत खसाउनु पर्ने हुदो रहेछ । आज सम्म त्यसै गरिदै आईयो ।

राजनितीका लागि लाजनिती सवै पचाएका नकचरा नेता र आर्दश स्खलित भईसकेका दलसँग नैतिकता मिलेन र त्यागियो । म जस्तो जावो भुई मान्छे ले ३ करोड जनता भएको देशमा तिनलाई दिएको दलिय समर्थन त्याग्दैनमा उनीहरुलाई केही फरक नपार्ला तर मलाई भने निक्कै ठुलो फरक पार्नेछ । मैले केही साथीभाई गुमाउनेछु । केही जन्ती मलामी घटाउनेछु । केही साहो गाहो पर्दा काखी बजाउने जमात बढाउने छु । मेरो समाजमा म उनीहरुका लागि बैरी जस्तै हुनेछु तर केही छैन । जब सम्म सवैले कुरा बुझदैनन तब सम्म एक्लो नै सही । जीवन जीउन का लागि सत्कर्म मा विचलित भईएन भने र नैतिकता जोगाएर बाँचियो भने पराजय कहिल्यै भोग्न पर्दैन । क्षणीक पराजय विजयको आधार बनेर रहिरहन्छ ।

प्रसंग रबि को गिरप्तारी को हो । उसलाइ राज्यले अन्याय गरिरहेको छ । देशका तमाम कानून उसका लागि मात्र बनेका हुन जस्तो लाग्न थालेको छ । तर अन्याय का विरुद्धमा प्रतिरोधी शक्ति आफै जन्मन्छ र विकशित हुन्छ । यहिले को गठबन्धनका विरुद्धमा मानिसहरु जुरमुराई रहेका छन । दल ले डामेर राखेका कयौ कार्यकर्ता समेत खुलेर सरकारको विरोधमा उत्रिन थालेका छन । यस हिसावले रबि लाई जति थुन्यो त्यति रास्वपा लाई राजनैतिक लाभ स्वत प्राप्त हुदै जान्छ । हिजो विपी लाई पञ्चायतले थुनेर कांग्रेस बन्यो, मदन भण्डारी मारिए पछि एमाले ले आकार ग्रहण गरर्यो । भोली रास्वपा वा अन्य नयाँ दलहरु पनि यीनै अन्यायपूर्ण सरकारी कदमबाट सिंचित हुदै जाने हुन ।

आफूलाई होस वा अरु कसैलाई । निर्दोष जो सुकै माथि को अन्याय वा दमन विवेक भएको मानिस ले सहन सक्दैन । अन्याय देखेर पनि नदेखे जस्तो गर्ने वा अन्यायी डफफाको कुकृत्यको भजन गाउँने अपराधका मतियार हुन तिनलाई स्वयम विष्णु भगवान आएर सम्झाए पनि मान्दैनन । नत्र सामान्य ज्ञान, चेतना र स्वभिमान भएको मानिसले अरु माथि हुने अन्याय लाई आफै माथि भए जस्तै ठान्छ र विद्रोह मा उत्रन्छ ।

यदि डोनाल्ड ट्रम्प माथि गोली चल्दैनथ्यो भने उनलाई खुलेर समर्थन गर्न एलन मस्क तयार नहुन सक्थे । उनले समर्थन मात्र गरेनन ट्रम्पको कुरा सुन्न र मानिसको सहभागिता बढाउन प्रत्येक सभामा १ मिलियन डलर को लक्कि ड्रअ नै चलाए । यसक्रममा उनले ४५ मिलियन सक्काए । जुन काम अदालत मार्फत अनुमती लिएर गरेका थिए । उनले अमेरिकी रिपब्लिकन पार्टीलाई राष्ट्रपतिय चुनावमा ठुलो धन राशी खर्चिएर सहयोग गरे र अन्तत ट्रम्प विजयी भए । ट्रम्प माथि बर्तमान अमेरिकी राज्य प्रशासन ले ८० भन्दा धेरै मुद्धा चलाएको थियो । कयौ फैसला हुन बाकी छन तर ट्रम्प लाई जनताले जिताई दिए । अन्तिम शक्ति त जनता नै हुन । राज्य ले त के गर्दैन । रुसमा विरोधी नेता लाई जेलमा नै मन्द बिष दिएर मारियो । भेनेज्वेएलामा प्रतिपक्षि नेताले देश नै छाड्न परयो । पाकिस्तानमा सर्वाधिक रुचाईएका नेता ईमरान खान लाई अनेकौ झुठा मुद्धामा जेलमा राखिएको छ । भारतको दिल्लीमा केजरीवाल लाई त्यसरी नै समातियो र विभिन्न झुठा मुद्धा लगाईयो ।

आज रबि माथि असामान्य विषयहरुलाई गंभिर प्रकृतीका मुद्धामा रुपान्तरण गरेर गंभिर र जघन्य अपराधी जस्तो देखाउन खोजिन्दैछ । उनलाई राजनितीबाट पन्छाउन सरकारले जे जे गरिरहेको छ त्यो प्रकारको काम पञ्चायत कालमा पनि हुदैनथ्यो । शान्तिपूर्ण राजनितीक गतिविधी व्यवस्था को विरोध नगरे सम्म व्याक्ति ताकी ताकी कानूनका छिद्रहरुको प्रयोग गरेर दुःख दिने काम हुदैनथ्यो । अहिले उनलाई दुःख दिने बदनियत का साथ जसरी राज्य का सवै संयन्त्रहरु परिचालन गरिएको छ त्यसले नत रबि दविन्छन, नत रास्वपा सकिन्छ । बरु बर्तमान सत्ता समिकरणलाई समर्थन गर्ने कार्यकर्ताहरु समेतले खुलेआम विरोध गर्दै रास्वपाको समर्थन गर्न थालेका छन ।

दोहरो नागरिकताको मुद्धा उचालेर रबि को पहिलो पल्ट जितेको सांसद र मन्त्री पद नै खोसियो । यो देशमा त्यस पछि यस्तो मुद्धा कसैलाई चलेन । यस्तो लाग्छ दोहरो नागरिकता लिने नेपालमा रबि लामिछाने एक्लो रहेछन । रबि स्यम ले मन्त्री बने पछि कान्तिपुर मिडियाका मालिक लाई छानविन गर्न खोज्दा लोकतन्त्र नै धरापमा परर्योरे । अनि सवै मिलेर रबि लाई मिल्काएका होईननर कसले बुझेको छैन । भ्रष्टचारीहरु को छानविन शुरु मात्र के गरेका थिए देश त बरबाद हुन लाग्योरे । यो मुठठीभरका लागि आएको लोकतन्त्र र प्रजातन्त्र रहनु र नरहनु जनताको चासो र सरोकार को विषय अब हुन सक्दैन ।

अरुको कुनै अपराध खोज्नै हुन्न, खोज्यो भने त सवै दलका आधा सांसदहरुको पद खुस्किन्छ । प्रशासन चलाउने, गृह प्रशासन हाक्ने, रक्षा र संबैधानिक पदहरुमा रहने मात्र होईन, न्यायलय पनि आधा खाली हुन सक्छ । अझ सम्पती सुद्धिकरणको अभियोगमा छानविन गर्ने हो भने यो देशका गाउँ पालिका अध्यक्ष र सचिव देखि वडा अध्यक्ष समेत ले देश छाडेर भाग्ने दिन आउछ । सवै देशमा रहेका कुटनैतिक नियोग खाली हुन पुग्दछन । यो देश त्यसै गरिब भएको होईनन नी ।

अनि यो देश कसले चलाउछ ? त्यसैले बर्तमान कानूनहरु अरुका लागि लागु गर्न बनेकै होईनन । रबि, रास्वपा वा त्यस्तै अरु कुनै नयाँ लाई तह लगाउन मात्र तत ऐनका दफाहरु जाग्रित गराईन्छन तत्र ती ऐनहरुको अरु बेला काम छैन । विरोधी तह लगाउन परे मात्र आर्कषित हुने गर्दछन ।

सहकारी छानविन समितीले रबि को संलघनता सहकारीमा छैन भन्यो तर त्यहि सहकारी काण्डको छानविनका लागि भन्दै पक्राउ गरियो । गोरखा मिडियामा गएको रकम को हकमा कम्पनी ऐन आर्कषित हुन पर्ने तर भएन । यहाँ सरकारलाई जे मन लाग्यो त्यही गर्ने छुट अदालतले पनि दिन्छ किनकी त्यो संरचनामा न्यायधिस नियुक्त हुन छाडेका छन त्यहाँ पनि दलका कार्यकर्ता कालो कोटमा सजिएका छन । सहकारी काण्डमा प्रत्यक्ष जोडिएका एमाले , कांगे्रस का नेताहरु लाई पक्राउ गर्न पर्दैन तर नजोडिएका रबि लामिछाने लाई जबरजस्ती जोडन पाईन्छ । अरु लाई जस्तै गंभिर मुद्धामा पनि अदालत म्याद थप्न डराउछ तर रवि लाई म्याद थप्न कुनै संकोच हुदैन ।

रास्वपा भएर होईन , जानिजानी सरकारले अन्याय गर्दैछ भनेर रबि र रास्वपा सँग हजारौ जनता जोडिदै गएका छन । रबि को गिरप्तारी, उसलाई प्रहरी हिरासतमा गरिएका व्यवहार, जनताको विरोध प्रति सरकारको असहिष्णु रबैया, आफ्ना जोगाउने विरोधी फसाउने सत्तासिन दलहरुको रणनिती जनताले किमार्थ स्वीकार गर्दैनन । राज्यका सवै संयन्त्रको कायर मानशिकता र १२ भाई मिडियाहरुको पित पत्रकारिताले देश दोहन भईरहेको छ । रबि त माध्याम मात्र हुन जनताको आक्रोश धेरै पहिले देखि बफर जोनमा जम्मा भएर रहेको छ । यसलाई क्यास गर्न र असन्तुष्टि लाई सम्बोधन रास्वपा ले गर्न सक्छ सक्दैन त्यो भने हेर्न बाकी छ । यो कहिले दुर्गा प्रसाईको अभियानमा उर्लियो कहिले धर्मको नाममा । कुनै न कुनै बेला ज्वालामुखि जस्तो विस्पोट हुन खोजिरहेको बेला रबि को मुद्धा राष्ट्रिय बहस बनेको छ । सरकारले हेपिरहेको छ तर यो उसको मुर्खता ले सधै भरी धान्न सक्दैन । अहिले यहाँ कोही रास्वपा बनिरहन आवश्यक पर्दैन । दलहरु ले डामेका कार्यकर्ता बाहेक सवै न्यायका लागि उठ्ने बेला हो । अहिलेको माग यहि हो ।

यस्तो बेलामा पनि हर्क, बालेन को मौनता बडो उदेग लाग्दो छ । उनीहरुको मौनता बडो अचम्मको छ यसको पनि हिसाव किताव समयले गर्छ नै । परेका बेला नबोल्ने ले कहिले बोल्दछन ? जनताले मुल्यांकन गरिरहेका छन ।

अमेरिकन दुतावास ले सिरोहिया को पक्राउ का विरुद्ध विज्ञप्ति जारी गरेको थियो । नेपाल पत्रकार महासँघ र १२ भाईहरु १२ हात उफ्रेका थिए । आरजू देश छाडेर भारत पुगेकी थिईन । भ्रष्टहरुको भागाभाग शुरु भईसकेको थियो । सवै देशी र विदेशी समेत लागेर रबि लाई फसाउन के के गरिरहेका छैनन । यो सवै नेपाली जनताले हेरिरहेका छन । कांग्रेसका गगन को राजनिती जोगाउन रबि लाई बलि चढाउन ओली अघि सरेका छन । त्यसो गर्न उनी तयार नभए उनको पद धराप मा पर्ने निश्चित छ । आफूलाई अनुकुल अवस्था बन्छ भने अरुको बलिदिन के को माया ?

रबि दोषी थिए भने केपी ओली ले संसदमा रवि को समर्थन गर्दै एक घण्टा सम्म के भांग खाएर बोलेका थिए ? रवि दोषी थिए भने कांग्रेसले रक्सी पिएर प्रधानमन्त्री खान बोलाएको थियो ? सहकारीको काण्ड त एक बर्ष अघि बाट चलिरहेको थियो । त्यति बेला दोषी नभएका रबि अहिले दोषी कसरी भए ? कुरा प्रष्ट छ उनीहरुले रबि लाई किन्न सकेनन । उनीहरुले रबि लाई आफूहरु जस्तो बनाउन सकेनन । त्यहि भएर रबि सिद्धयाउने खेल शुरु भयो । रबि लाई दोषी करार गर्न जो जो बौदिक भनाउदाहरु टेलिभिजनमा बकबास गर्दैछन उनीहरुको परिक्षा आगामी चुनावमा जनताले गर्ने छन । सवै का बोली र व्यवहार जनताले हेरिरहेका छन ।
-तोयानाथ उपेक्षित,


सम्बन्धित शीर्षकहरु

प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता …

प्रहरीले  एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल छ। पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको…

तितोपाटी डटकम-    नेपाली दूतावास कुवेतले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन  कुवेतमा  कार्यरत नेपाली  श्रमिकहरुलाई आग्रह गरेको छ…

प्रतिकृयाहरू
...