Wednesday 9th July 2025

तनहुँ सेवा समाज कुवेतद्वारा नेपालका मुटु रोगीको उपचारार्थ रू २२ हजार बढिको आर्थिक सहयोग


तनहुँ सेवा समाज कुवेतले नेपालका मुटु रोगीको उपचारार्थ रू. २२ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । सो रकम समाजमा आवद्ध सदस्यहरू तथा अन्य सहयोगदाताहरूबाट संकलन गरि पीडितका आफन्त मेघ बहादुर आलेलाइ कुवेती दिनार ५१ केडी ५०० फिल्स हस्तान्तरण गरिएको हो ।

यस अघि तनहुँ जिल्ला भिमाद नगरपालिका वडा न. ९ अस्पाग्दी निवासी फत बहादुर रानाकी श्रीमती भज माया राना करिब ५-६ बर्ष देखि मुटु सम्बन्धि समस्याबाट पीडित भएको र उपचार गर्न आर्थिक अभावको कारण असहज भएको खबर प्राप्त भएपछि समाजको हिँजो ६ सेप्टेम्बर २०२४ का दिन बसेको बैठकले सकेको सहयोग गर्ने निर्णय गर्दै सो रकम संकलन गरि सहयोग पठाइएको हो ।

सामाजिक र मानवीय सेवामा सहयोगी हातहरूमार्फत हातेमालो र सहकार्य गर्ने पुनित उद्देश्य लिएर अघि बढेको तनहुँ सेवा समाज कुवेतले आकस्मिक रूपमा रकम संकलन गरी भज मायाको उपचारार्थ पठाउने निर्णय गरे लगत्तै स्वःस्फुर्त रूपमा सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिंदै आगामी दिनमा समेत सबैको साथ सहयोग र समर्थनमा मानवीय सेवाका कार्यहरू गर्दै जाने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।…

तितोपाटी- पुर्वमन्त्री एबम नेकपा एकीकृत समाजबादीकी युवा नेतृ राम कुमारी झाक्रीलाई थप ७ दिन भित्रमा स्पष्टिकरण बुझाउन पाटीको सचिबालय बैठकले…

प्रतिकृयाहरू
...