Wednesday 16th October 2024

पहिले र अहिलेको तिज ! ” तिज विशेष “


बालकृष्ण घिमिरे , बनेपा काभे –

पहिले-:
————–
ए ठुले , तिज आउन कति दिन बाकी छ हेर हेर । आमा पन , अझै छ त हो पन्ध्र दिन । ए साने, तेह्रा बाउले कान्छी छोरी (दिदी) लाई टाढा नदेउन भन्दा मानेनन्, दिदीको घर जान तँलाई दुई दिन लाग्छ । तिज आउन अब पन्ध्र दिन मात्रै बाँकी छ भन्छ तेह्रो दाइ, तँ भोलि नै जा है दिदीलाई लिन । अनि हेर ठुले तँ चाहिँ ठुली दिदीलाई लिन जानुनी । त्यो त अल्लि नजिकै छे, दुई चार दिन पछि गए पनि हुन्छ ।

बुहारी, ए बुहारी के हाम्रा कुरा सुनेकी ? तिम्रो माईती पनि टाढा छ क्यारे । एउटा भएको दाइ पनि कमाउन विदेश गएको छरे भन्ने सुनेको थिए । सम्धि पनि गतिला रहिनछन । सधै रक्सी खान्छन रे । को आउला र खै तिम्लाई लिन त । बुहारी सुक्क सुक्क गर्दै पंधेरो झर्न गाग्रो लिन भित्र पस्छिन । ल ल रुनु पर्दैन, माइती कोइ लिन आए जाउली क्यारे । तिजमा त माइती लिन नआई पठाउने चलन छैन हाम्रो ।

तिज आउनै लाग्दा तिज भरिको लागि घरमा चाहिने दाउरा, घाँस र सोत्तर थुपारेर माईत जान्थे बुहारीहरु ।
हरितालिका तिज महिलाहरुको विशेष चाड थियो र छ । दर खाने भनेको एक दिन अर्थात ब्रतको अघिल्लो दिन, रातभरी खान्थे । बाहिर झिस्मिसे उज्यालो भएको भए पनि ढोकाको अग्लो नलिकाली दर अर्थात खिर खान हुन्छ भन्ने चलन थियो उ बेला । पतिको दीर्घ जिवनको कामना गर्दै व्रत बस्दथे बिवाहित महिलाहरु । अबिवाहित चेलिहरु असल पति पाउने बिश्वासका साथ निराहार व्रत बस्थे।

देव स्थलहरुको दर्शन र पुजापाठ सकेपछी मठ मन्दिर र चौतारिहरुमा भेला भएर मादल र थप्पडिको तालमा वर्ष भरिका बेदना युक्त गित गाएर मनलाई हलुङ्गो बनाउदथे उ बेलाका आमा, दिदी र बहिनीहरु । घर, व्यवहार, परिवार र छुच्ची सासुको बारेमा भाका मिलाउँदै गित गाएर र छम्छमी नाचेर वर्ष भरिको पीडा र दु:ख भुल्ने कोसिस गर्दथे । पुरै शरीर ढाकिने टपक्क मिलेको चोली, कुर्कुचा छोपेर लगाउने रातो साडी, नाडिभरि लगाएका चुरा , गलामा लगाउने सानो तिलहरी र हुनेखानेले लगाएको छड्के तिलहरीको महत्व छुट्टै थियो । समग्रमा भन्नू पर्दा उ बेलाको तिजको महत्व,रौंनक र विशेषता छुट्टै थियो ।

अहिले :-
————–
हुन त पहिलेका दुख , पीडा र वेदनाहरु अहिलेकाहरुलाई पच्दैन, वास्तविकता लुकाएर विदेशिको खोलेले हाम्रो पहिचान छोप्न खोजिदैछ । पढेका भन्दा परेका ठुला भन्थे बुढापाकाहरुले । पढेकाहरुलाई यी शब्द्दहरु अपाच्य लाग्न सक्छन । हो धर्म, संस्कृति र रितिरिवाजहरुमा भएका ढोगी ( तिजको व्रत बसेकी महिलाले श्रीमानको गोडाको पानी खानुपर्ने चलन जस्ता ) परम्पराहरुलाई समय अनुसार परिमार्जन र परिस्कृत गर्दै जानू पर्दछ । तर त्यो नाममा तिज आउन एक महिना अगाडि देखि अंग प्रदर्शन गर्दै पार्टी प्यालेसहरुमा भिड जम्मा गरेर बियर, हुइस्की र रमहरु खाएर त्यसैलाई दर खाएको भन्दैछन नारीहरु । सासू , ससुराको त के कुरा, जीवन बिताउने पतिहरुको आखै अगाडि पोका र ढोका हल्लाउदै त्यही अनुसारको गितमा कुकुर डान्स गरेर तिज र नेपाली मौंलिकतामा आधारित चाडलाई अपमान गर्दैछन पढेलेखका भनिएका केही अनपढहरु ।

मर्मस्पर्शी गित हैनन, सेक्सी गित गाएर भाइरल हुन खोज्दैछन केही अ-पबित्र नारीहरु । त्यसैले त, सार्वजनिक रुपमा गरिएका छाडापनले बिकृती मात्रै हैन यौन हिंसा बढेको छ । यौन प्राकृतिक नियम हो तर खुल्लमखुल्ला परपुरुषहरु संगको लसपसले मारिदैछन चेलीहरु । शब्द तिता होलान तर आजको वास्तविकता यहि हो । केही उछृङ्खल महिलाहरुका कारण तमाम छोरिचेलीहरु असुरक्षित हुँदै गएका छन । बिकृती, बिसङती, छाडापन र छाडा चरित्रले कुनैपनि संकृतिको जगेर्ना हुदैन । त्यसमा पनि वर्षमा एक पटक हिन्दु नारीहरुले मनाउने तिज पर्व बिशुद्द नारीमैत्री हुनुपर्छ । समय सापेक्षिक परिवर्तनको नाममा नाङ्गिएर धर्म, संस्कृति र चाडवाडहरुलाई अपबित्र बनाउनेहरु जो सुकै भएपनि दण्डित मात्रै हैन, समाजबाटै बहिष्कार गर्नुको बिकल्प छैन । सानो झुण्डमा रहेका यस्ता अप्राकृतिक तत्वहरुका कारण सिङ्गो देश र देश भित्र रहेका तमाम आमा, दिदीबहिनीहरु बदनामको सिकार हुँदै छन । चेतना भया !


सम्बन्धित शीर्षकहरु

भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन्। शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर पाकिस्तानको इस्लामावाद पुगेको…

Muzaini# मुजैनी एक्सचेन्ज कम्पनीले फरवानियामा आफ्नो नयाँ शाखा खोलेको छ। कुवेतको नम्बर एक मनी एक्सचेन्ज कम्पनी,Muzaini-मुजैनी एक्सचेन्ज कम्पनीले हालै १०…

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न…

प्रतिकृयाहरू
...