Sunday 8th September 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय अठतीसौँ भाग (१३८)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८१/०३/२४
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : कनाउँछ, खनाउँछ, गनाउँछ, जनाउँछ, बनाउँछ आदि मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग १
लाजसर्म छैन दोष जति अर्कालाई खनाउँछ सधैँ
व्यहोरा गतिलो नभएर समाजमा गनाउँछ सधैँ
कुराले होइन व्यवहारले हो नि सभ्य हुने भनेको
हुन त कागले काक काक भनेर नै जनाउँछ सधैँ
अर्काको उठिबास लगाउनेले आफ्नो बनाउँछ सधैँ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ

पञ्चाङ्ग २
जसले पञ्चाङ्ग बनाउन सक्छ
त्यलो यो पृथ्वी खनाउन सक्छ
जो सङ्ग राम्रो अनुभव हुन्न
उसैले नहुॅदो भनाउन सक्छ
जो डुङडुङती गनाउन सक्छ।।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ३
तनहुँमा भानुका भक्त हुँदा रहेछन्
रामायणलाई ढोगेर छुँदा रहेछन्
त्यो जमानामा घाँसीले घाँस बेचे पनि
घाँस काट्न अल्छीले गाई फुँदा रहेछन्
रामायणमा भाका हाली रुँदा रहेछन् ।

•देवी पन्थी

पञ्चाङ्ग ४

काम नपरी आफ्नो कस्ले कनाउँछ र
बिग्रेको बाटो छिटोछिटो बनाउँछ र
कुहिएको फोहर जतासुकै नफ्याकी
सुरक्षित ठाउँमा राखे गनाउँछ र
कर्मचारी सबै हाजिरी जनाउँछ र
भगवती

पञ्चाङ्ग ५

घाँसिले कुवा खनाउँछ यहाँ
नेताले देश गनाउँछ यहाँ
यति मात्र फरक नेता प्रजा
देश बेचुवा जनाउँछ यहाँ
साधु सन्त हुँ भनाउँछ यहाँ ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ६

बिचरा घाँसीले घाँस बेचेर कुवा खनाउँछ हेर
विवेकशील ति भानुलाई नै मित्र जनाउँछ हेर
घाँसीको उपदेशले आँखा खुले ति भानुभक्तका
नेपाली भाषा साहित्यलाई अमर बनाउँछ हेर
त्यसैले अचेल भानुभक्तको जन्म मनाउँछ हेर ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ७

कसै कसैको बोल्दा टाउको कनाउने बानी हुन्छ
गुण दोस जति अर्कालाई खनाउने बानी हुन्छ
कुरो नी नबुझी बोल्ने मान्छेहरू चित्त दुखाएर
रिसाउँदा मीठो तरिकाले मनाउने बानी हुन्छ
आफ्ना आफन्तमा मत भेद जनाउने बानी हुन्छ।
सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८

जनता नबुझ्नेलाई नेता बनाउछ सधैँ
भएको सारा श्रोत बेकार जनाउछ सधैँ
कस्तो नेतृत्व स्वीकारेका छौ हामी नेपालीले
देश बिगारेर नै बिजय मनाउछ सधैं
नेपाली संसद भवन नै गनाउछ सधैँ ।

सुस्मिता अधिकारी ,काठमाडौँ

पञ्चाङ्ग ९

र्याल चुहाउने बुढाहरू देश बनाउँछ हेर कठै
जनताको भविष्य पार्दै ऋणमा जनाउँछ हेर कठै
परिवर्तनको घुम्टो ओड्दै देश लुट्न पलकेकाहरू
आफ्नो भकारीमा लौ हेर राजस्व खनाउँछ हेर कठै
फोहोरका नाली भन्दा पनि धेरै गनाउँछ हेर कठै ।

सङ्गीता खरेल
चन्द्रागिरी ८ काठमाडौं

पञ्चाङ्ग १०

अनैतिक काम गरेछ हाम्रो दृष्टिमा गनाउँछ किन
तर वैरी सामु आफुलाई सर्वश्रेष्ठ जनाउँछ किन
आमा जीवन मरणको दोसाँधमा तड्पिएर बाँच्दैछिन्
घरमा छोरो बाजागाजा साथमा जन्म मनाउँछ किन
अन्त्यमा दुनियाको आँखामा नाकै छोप्ने बनाउँछ किन !

सुरेश चन्द्र घिमिरे
कपन

पञ्चाङ्ग ११

अरुलाई पिडा दिएर आफु चाड मनाउछ आजको मान्छे
समानता गफ गर्दै आफु महल बनाउछ आजको मान्छे
मर्नै पर्छ एकदिन मरेर नि स्वर्गै जाऔं भन्ने चाहानाले
स्वर्ग जाने बाटो जिउँदै अरुलाई खनाउछ आजको मान्छे
अरुलाई दोष थुपारेर आफैं महान भनाउछ आजको मान्छे ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १२

भाुनभक्त नेपाली साहित्यका कवि थिए
र उनी उदाउँदाे नक्षत्रझैँ रवि थिए
ख्याती पाए रामायण नेपालीमा लेखेर
भानुभक्त हाम्रा आदरणीय छवि थिए
उनी साहित्यतिक आहुतीका हवि थिए ।

नवराज भट्ट

पञ्चाङ्ग १३

असार मास रोपाइँ गर्नु झरेर बेँशीमा
हिलाम्मे बाटो दर्केर पानी परेर बेँशीमा
खाएर मानो उब्जाई धान जहान पाल्नु छ
बिहान देखी बेलुका काम गरेर बेँशीमा
उर्लिदो भेल खहरे खोला तरेर बेशीमा

तारा घिमिरे स्वेच्छा

पञ्चाङ्ग १४

नचिलाई ज्यानमा कसले कनाउँछ र
गल्ती नगरी समाजमा को गनाउँछ र
एउटा कुरा गम खाएर हुन्छ बुझ्नु है
त्यतिकै कसले खुसियाली मनाउँछ र
मान्छेलाई मान्छे कसले पो बनाउँछ र ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग १५

आदर्श सिद्धान्तले देश बनाउँछ हाेला
व्यवहार गर्दा टाउकाे कनाउँछ हाेला
पदानुकुल आचरण भए राम्राे हुन्छ
प्रत्येक कामकुराे ठुस्स गनाउँछ हाेला
गर्दछु भन्नेकाे स्वभाव जनाउँछ हाेला ।
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पन्चाङ्ग १६

हात जोडी काम बनाउन कन्याउँछन्
पाउ परि धन कमाउन भनाउँछन्
सक्नेले पेल्ने नसक्ने पेलिने नियम
देश द्रोही द्रब्य पचाउन गनाउँछन्
कोही राष्ट्र बचाउन तन खन्याउँछन् ।

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग १७

नदीको जल राम्रो
भेटेको पल राम्रो
जीवन प्रेम वृक्ष
पाकेको फल राम्रो
फूलको दल राम्रो ।

– आर्त अकुलीन

पञ्चाङ्ग १८

नदुखेकाे घाउ कनाउँछ
नचाइने बल खनाउँछ
बाेल्न हाेस् नपुर्याए पछि
सानाे कुराे ठुलाे बनाउँछ
आखिरमा आफै गनाउँछ ।

सूर्य गिरी
माछापुच्छ्रे ५कास्की (पाेखरा)

पञ्चाङ्ग १९

भानुभक्तको जन्मदिन केही त खास हुनुपर्छ
उन्को सम्झनामा सबैलाई अबकास हुनुपर्छ
उनैले पनि लिए शिक्षा घाँसी सँग र बने कवी
साधनाले याहाँ साहित्यकारको रास हुनुपर्छ
आदि कवि भानुभक्त मन् भित्र बास हुनुपर्छ ।

सुरेशकुमार फाण्डे दाङ घोराही १८

पञ्चाङ्ग २०

ढकमक्क फूल फुलेपछि हो राम्रो हुने
सर्वत्र भ्रमर डुलेपछि हो राम्रो हुने
जब हुन्छ सधैं सौम्य,मनमा भए रौम्य
नभको बादल खुलेपछि हो राम्रो हुने
सुन्दर सद्भाव चुलेपछि हो राम्रो हुने ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग २१

हाम्रो मात्र कैलेपनि जीत हुन्न साथी
राम्रो मात्र कैलेपनि गीत हुन्न साथी
सफलतानै सधैँमिले के अर्थ जीवन को
काम्रो मात्र कैलेपनि हीत हुन्न साथी
दाम्रो मात्र कैलेपनि शीत हुन्न साथी ।

खोम काफ्ले,
दागाना,निचुला,भूटान

पञ्चाङ्ग २२

मुखियाको छोरो दिनहुँ अर्कालाई बारी खनाउँछ भन्थे
खेतालो ऋण नपाएको निहूँमा अभ्याउ जनाउँछ भन्थे
किनकि मुखिया सस्तो ब्याजमा ऋण दिने गर्दथे हजुर
पछिसम्म उनका खेतमा सावाँ र ब्याज गनाउँछ भन्थे
कलिका मान्छेलाई दुर्बुद्धिले भ्रष्टाचारी बनाउँछ भन्थे ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग २३

शिखरको उचाइ तोकेको छ आफैँ
सफलताको चिनो बोकेको छ आफैँ
नत्र मानवको दायित्व अधुरै रहने
असफल बटुली रोकेको छ आफैँ
लाभदायक खुट्टी ठोकेको छ आफैँ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग २४

आस्थावानले सबैलाई मित्र बनाउँछ सधै
सत्संगतमा आफ्नो उपस्थिति जनाउँछ सधैं
मरेर जाने चोलामा प्रभुसँग विमुख किन ?
कुकर्मी नै जगतमा नराम्रो गनाउँछ सधैं
सुख वा दुःखमा प्रभु उत्सव मनाउँछ सधैँ ।

कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी

पञ्चाङ्ग २५

यस्तो साथी होस् आँखाको नानी बनाउन सकूँ
पबित्र मायाको सङ्लो पानी बनाउन सकूँ
भाग्यमा लेखेको मात्र पाइन्छ देखेको हैन
दु:ख खप्ने सक्ने त्यस्तो बानी बनाउन सकूँ
महल छैन झुप्रोमै रानी बनाउन सकूँ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”


सम्बन्धित शीर्षकहरु

तनहुँ सेवा समाज कुवेतले नेपालका मुटु रोगीको उपचारार्थ रू. २२ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । सो रकम…

आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। भदौ शुक्ल तृतीयामा…

(एपी) - कुवेतले बुधवार आफ्नो योजनाको लागि अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपर्दा सानो, तेल धनी राष्ट्रमा दुर्लभ सामूहिक मृत्युदण्डमा सात जनालाई…

प्रतिकृयाहरू
...