Friday 18th September 2026

मेक्सिकोमा पहिलो महिला राष्ट्रपति बन्दै क्लाउडिया शियनबम


मेक्सिकोमा क्लाउडिया शियनबम राष्ट्रपति निर्वाचनमा विजयी भएकी छन् । मेक्सिकोको इतिहासमै उनी पहिलो महिला राष्ट्रपति हुन लागेकी हुन । त्यहाँको निर्वाचन प्राधिकरणले बताएअनुसार आइतबार भएको मतदानमा मेक्सिको सिटीकी पूर्वमेयर ६१ वर्षकी क्लाउडिया शियनबमले ५८ देखि ६० प्रतिशत मत पाएको प्रारम्भिक नतिजाले देखाएको छ ।

उनले पाएको मत मुख्य प्रतिद्वन्द्वी सोचित्ल गाल्भेजको तुलनामा झन्डै ३० प्रतिशतले बढी रहेको बताइएको छ । वर्तमान राष्ट्रपतिको पदावधि सकिएपछि अक्टोबर १ मा शियनबमले राष्ट्रपतिको पदभार सम्हाल्नेछिन् ।

राष्ट्रपतिको लागि उम्मेदवारी दिनु अघि उनी मेक्सिको सिटीकी मेयर थिइन् । उनी सन् २०१८ मा मेक्सिको सिटीकी पहिलो महिला मेयर बनेकी थिइन् । सन् २०२३ मा राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन उनले मेयर पदबाट राजीनामा दिइन्


सम्बन्धित शीर्षकहरु

रूसमा युक्रेन युद्ध सुरु भएको चार वर्षभन्दा बढी समयपछि संसदीय चुनाव सुरु भएको छ। चुनावको नतिजा लगभग निश्चित मानिए पनि…

संयुक्त राष्ट्रसंघ (यूएन) को नयाँ प्रतिवेदनले इरानमा युद्धको सुरुवातमा अमेरिकाले गरेको दुई हवाई आक्रमण युद्ध अपराध हुन सक्ने जनाएको छ।…

दैनिक कति घण्टा सुत्नु पर्याप्त हुन्छ भन्ने प्रश्न धेरैको मनमा हुन्छ। सामान्यतया ६ देखि ८ घण्टाको निद्रालाई पर्याप्त मानिन्छ। तर…

प्रतिकृयाहरू
...