Thursday 30th May 2024

नेपाली जिवनशैली विगतलाई फर्केर हेर्दा…


बालकृष्ण घिमिरे , काभ्रे – बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता थियो । आधुनिक, रासायनिक युक्त र विषादी रहित परम्परागत खेती हुन्थ्यो । विशेष गरि कोदो, मकै, गहु, फापर, जौं, तोरी र धान खेती गरिन्थ्यो । अन्य अन्न भन्दा बजारमा धान बिक्री गर्दा बढी दाम पाइने भएकाले हुनेखानेहरुले समेत धान बिक्री गरेर गरिवहरुलाई ब्याजमा पैसा दिन्थे ।

जस्तोसुकै गरिव भए पनि घरमा कम्तिमा एउटा भैंसी पालिएकै हुन्थ्यो भने खोरमा बाख्रा हुन्थे । दूध बेच्ने चलन थिएन । तरकारी आफ्नै बारीमा उत्पादन भएको अर्घानिक हुन्थ्यो । खास गरि कोदो, मकै, गहुको ढिडो र रोटी दहि-मोही र दुध संग खान्थे । दिउसोको खाजा प्रायः भुटेको मकै, भट्मास र गुन्द्रुकको अचार हुन्थ्यो भने सिजन अनुसार पिँडालु, तरुल र सखरखण्ड पनि खाजाको रुपमा खाने गर्दथे ।

घरमै पालेको खसिको मासु खान पनि दशैं, माघे संक्रान्ती, साउने संक्रान्ती जस्ता चाड कुर्नु पर्थ्यो । हामी सानो छदा चामलको भात खान मन लाग्थ्यो र आज घरमा पाहुना आइदिए पनि त हुन्थ्यो नि भन्ने लाग्थ्यो । घरमा पाउना आए भने औंसानी हाल्नकै लागि भए पनि भात पाक्थ्यो । प्रायका घरमा उसिनेको चामल किनेर ल्याएका हुन्थ्ये । उसिनेको चामल सस्तोमा पनि सस्तो हुन्थ्यो ।
बिहान उठ्यो बस्तुलाई कुँडोपानी, घरको नियमित काम सकेर घाँस, दाउरा र सोत्तर गर्न जानू पर्थ्यो । त्यो नै शरिरको लागि चाहिने आवश्यक व्यायाम हुन्थ्यो । खेती गर्ने आधुनिक प्रविधि र औंजारहरु भित्रीएका थिएनन । कुट्टो, कोदालो, कोदाली र गोरुको माध्यमद्वारा पर्मका आधारमा खेती लगाइन्थ्यो । खेतीमा विषादी भनेको खरानी प्रयोग हुन्थ्यो भने आफ्नै गाई वस्तुको गोवर मल पर्याप्तमात्रामा राखेर उब्जनी गरिन्थ्यो । त्यसरी उत्पादन भएको अन्न नै उबेलाको हरेक रोगको उपचार र औषधि थियो । सुगर, पेशर, थाइराइड, ग्यास्टिक, पायल्स लगाएतका रोगहरु आधुनिक खानपानले भित्रीएका रोग हुन भने क्यान्सर समेत भएको सुनिदैन्थ्यो । मौंसमी रुघाखोकी र ज्वरो आफ्नै बारीमा उत्पादन भएको अदुवा, जिरा र बेसारपानीले ठिक हुन्थ्यो भने बारीका कान्लै कान्ला फाल हाल्दा समेत हातखुट्टा भाचिदैन्थ्यो र हातखुट्टा भाच्ची हाल्यो वा घाउ चोट लागो भने पहरा र छहराहरुमा पाइने बनस्पति झारबुटीहरुले काम गर्थ्यो । त्यसैले त बा र बाका बाहरु सय वर्ष भन्दा बड्ता बाँच्थ्ये र उबेलाका बाहरु अझै बाँची रहेका छन ।

अहिले हामी….?
उबेलाका गरिवले खाने पिठो खादैनौं । रासायनिक मल र विषादी नहाली आधुनिक खेतीको सम्भावना छैन । थाेरै खेतीमा धेरै उत्पादन चाहिएको छ । खेतीयोग्य जमिन आवासमा परिणत भएकाले विदेशीले पठाएको चामल नखाई सुखै छैन । गाउँमा भएका खेतीयोग्य जमिनहरु पनि बाँझै छन । हामीलाई धन र सम्पतिमा होडबाजी गर्नु छ, त्यसैले विदेशिनुको विकल्प छैन । विभिन्न रोगको रोकथाम गर्न गाई बस्तु देखि खसी, बोका, राँगा र कुखुराहरुलाई ख्वाएको औंषधीयुक्त मासु नभएसम्म भान्सामा छिर्न मन लाग्दैन । दूध, दहि, मोही र घ्यु खानुको सट्टा बियर र विभिन्न ब्राण्डका रक्सिहरु किचेनमा सजाएर राख्ने बानी परेका हामी बजारमा पाइने चट्पट र झटपट युक्त खाना खाएनौ भने छिमेकिले हेप्छन भन्ने मानसिकता बोकी सकेका छौं ।

ट्वार ट्वार पार्दै तमाखु राखेर हुक्का तान्ने बा हरु र सालको पातमा सुर्ती बेरेर दन्काउने आमाहरु ठमठम उकालो उरालो गर्दै छन् तर आजका नवजवान युवायुवतीहरुलाई घरको भर्र्याङ् चड्न गाह्रो छ ।

गाह्रो नहोस् पनि कसरी ? कोदो, मकै, फापर, गहु र जौं को सट्टा केएफसी, पिजा, बर्गर, चिकेन चिल्ली, रोस्ट, म:म लगाएतका विदेशी नाम र ब्राण्डका खानेकुरा खान थालेपछि।


सम्बन्धित शीर्षकहरु

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन्। प्रदेश प्रमुख…

कुवेत - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाकाको लागि नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमाल…

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गरेका छन्। अर्थमन्त्रीले…

प्रतिकृयाहरू
...