Sunday 28th April 2024

एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) साउदी अरबका लागि पर्यटन दूतमा नियुक्त


तीतोपाटी डटकम- साउदी अरव,नेपाल सरकारले एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन) लाई साउदी अरबका लागि पर्यटन प्रवर्द्धक ( पर्यटन दूतमा ) नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट सो पदमा नियुक्त गरिएको स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता हेमराज तामाङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्याललाई फागुन १७ गते विज्ञप्ति जारी गरेर सदभावना दूत नियुक्त गरेको हो । उनलाई सदभावना दूत निर्देशिका पहिलो संसोधित दफा ३ उपदफा १ बमोजिम सो पदमा नियुक्त गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नवनियुक्त पर्यटन दूत अर्याल एनआरएनए मध्यपूर्वका संयोजकसमेत हुन । नियुक्तिपछि अर्यालले साउदी अरेबियामा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्धनमा जती सक्दो धेरै योगदान गर्ने बताए ।
नेपालमा पाल्पा जिल्ला स्थायी घर भएका अर्याल लामो समय देखि साउदी अरबमा ब्यावसायसँगै सामाजिक क्षेत्रमा सक्रिय छन । साउदी अरबका नेपालीहरुलाई सामाजिक, आर्थिक, नैतिक सबै प्रकारका सहयोग गर्दै आएका अर्याल साउदीका एक सफल व्यवसायी पनि हुन ।
एनआरएनए मध्यपुर्व संयोजक अर्यालले आफु पहिलेदेखि नै सामाजिक क्षेत्रमा कृयाशिल रहदैं आएको र नेपाल सरकारले अझै थप जिम्मेवारी दिएकोमा सरकारलाई धन्यबाद दिदैं आफ्नो तर्फबाट पर्यटन परवर्दंनका लागी जतिसक्दो धेरै काम गर्ने बताए ।


सम्बन्धित शीर्षकहरु

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन…

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

प्रतिकृयाहरू
...