Thursday 15th January 2026

विश्वकर्मा एकता समाज कुवेतले मुटुरोगी बालकको उपाचारार्थ ४४ हजार बढी आर्थिक सहयोग गर्यो


विश्वकर्मा एकता समाज नेपाल कुवेतले मुटुरोगी नाबालकको उपचारार्थ नेपाली रूपैयाँ ४४ हजार बढी आर्थिक सहयोग गरेको छ ।

बाग्लुङ नगरपालिका-११ रायडाडा (सिकादिप) का सुजन विश्वकर्माको एक वर्षीय छोरा सहिम विश्वकर्माको उपचारका लागि ४४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गम सुनारले जानकारी दिएका छन ।

नाबालक सहिमको मुटु सम्बन्धी समस्या भएको र घरको आर्थिक अवस्था पनि निकै नाजुक रहेकाले विश्वकर्मा एकता समाज कुवेतको पहलमा आर्थिक सहयोग संकलन गरिएको हो । नाबालक सहिमको उपचारका लागि कुवेतमा रहेका विभिन्न सस्था तथा व्यक्ति बाट आर्थिक संकलन गरि हस्तान्तरण गरिएको हो ।

विश्वकर्मा एकता समाज कुवेत बाट ५२ कुवेती दिनार ( रु. २२,३६८), नेपाल कुवेत सास्कृतिक मन्च बाट ३१ कुवेती दिनार ( रु. १३,३३५) , रमेश नेपाली बाट ११ कुवेती दिनार ( रु. ४,७३१) , दुर्लब शर्मा बाट ५ कुवेती दिनार ( रु. २१५० ) र दिल श्रीपाली बाट ५ कुवेती दिनार ( रु. २१५० ) सहयोग प्राप्त भएको हो ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...