Wednesday 25th March 2026

विश्वकर्मा एकता समाज कुवेतले मुटुरोगी बालकको उपाचारार्थ ४४ हजार बढी आर्थिक सहयोग गर्यो


विश्वकर्मा एकता समाज नेपाल कुवेतले मुटुरोगी नाबालकको उपचारार्थ नेपाली रूपैयाँ ४४ हजार बढी आर्थिक सहयोग गरेको छ ।

बाग्लुङ नगरपालिका-११ रायडाडा (सिकादिप) का सुजन विश्वकर्माको एक वर्षीय छोरा सहिम विश्वकर्माको उपचारका लागि ४४ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष गम सुनारले जानकारी दिएका छन ।

नाबालक सहिमको मुटु सम्बन्धी समस्या भएको र घरको आर्थिक अवस्था पनि निकै नाजुक रहेकाले विश्वकर्मा एकता समाज कुवेतको पहलमा आर्थिक सहयोग संकलन गरिएको हो । नाबालक सहिमको उपचारका लागि कुवेतमा रहेका विभिन्न सस्था तथा व्यक्ति बाट आर्थिक संकलन गरि हस्तान्तरण गरिएको हो ।

विश्वकर्मा एकता समाज कुवेत बाट ५२ कुवेती दिनार ( रु. २२,३६८), नेपाल कुवेत सास्कृतिक मन्च बाट ३१ कुवेती दिनार ( रु. १३,३३५) , रमेश नेपाली बाट ११ कुवेती दिनार ( रु. ४,७३१) , दुर्लब शर्मा बाट ५ कुवेती दिनार ( रु. २१५० ) र दिल श्रीपाली बाट ५ कुवेती दिनार ( रु. २१५० ) सहयोग प्राप्त भएको हो ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...