यूरोपको यात्रा र मेरो अनुभव र के यूरोपमा बस्न सजिलो छ?
गुलाम नवी मन्सुर- रोजगारीको शिलशिलामा नेपालबाट मध्यपूर्वका देशहरूलाइ कर्मथलो बनाइसकेको मैले राष्ट्रियता नै त्यागेर युरोप-अमेरिका भासिने सोच त कहिल्यै पनि बनाइन तर दशकाैंदेखि नेपाली युवा सुनाैलो भविष्यको सपना देखेर पलायन भएका देशहरूमा नेपालीहरूको अबस्था कस्तो छ होला भन्ने मनमा काैतुहलता जागेकोले युरोप भ्रमण गर्ने योजना बनाएँ । मेरो जिन्दगीको यात्राको सुरुवात कतार हुदै कुवेतसम्म भएको संघर्ष संगै ति देशभन्दा बाहिरको दुनियाकाे यथार्थ जान्ने र बुझ्ने चाहना पनि मनमा थियो। त्यसैले युरोपको फ्रान्स, स्पेन, एण्डोरा, पोर्चुगल लगायत चार देशको भ्रमण गर्ने तालिका बनाएर यात्रामा निस्किएँ ।
अक्टोबर महिनाको घमाइलो दिनमा कुवेतबाट बिहानको ७:३० को मेरो उडान रहेको थियो भने स्पेनको बार्सिलोनामा त्यहाको लोकल समयअनुसार १२:३० भएको थियो । स्पेनको विमानस्थल बार्सिलोनामा विमान अवतरण गर्दा बाहिरको तापक्रम लगभग पन्ध्र डिग्री भएको बताइएको थियो । नेपाल र कुवेतमा अक्टोबर महिनासम्मको गर्मी सहेर एकाएक कति चिसोको सामना गर्नुपर्ला भनेर मनमा हल्का डर थियो। म बार्सिलोनाको छेउमा पुग्दासम्म महसुस गर्नुपर्ने चिसो समाप्त भयो। बार्सिलोनाको यो एयरपोर्ट धेरै नयाँ होइन तर धेरै हरियाली क्षेत्रको बीचमा बनाइएको रहेछ।
स्पेनको केही दिनको घुमाई पछी मेरो अर्को उडान फ़्रान्सको लागि तय भयो। बार्सिलोनाको एयरपोर्ट जस्तै यहाँ पनि मानिसहरु अग्ला,अग्ला देखिन्थे । अधिकांश कर्मचारी कालो कोट वा ब्लेजर लगाएर काममा व्यस्त देखिन्थे । आठ घण्टाको लगातार रेल र विमानको यात्रापछि फ्रेश हुने प्रयास गर्दा म सँगै ओर्लिएका विदेशीहरू पत्रपत्रिका पढ्न वा ल्यापटपमा काममा व्यस्त भए । अहिले पहिलो समस्या पिउने पानीको थियो । यूरोप आउनुअघि दुईवटा कुराका लागि मानसिक रूपमा तयार हुनुपर्छ भन्ने मैले पहिले नै जानकारी पाएको थिएँ । पहिलो ट्वाइलेट पेपरको प्रयोग र दोस्रो पिउने पानीको लागि छुट्टै धाराको आवश्यकतालाई त्याग्ने। त्यसो त मैले थाईलैण्ड यात्राको क्रममा पानीको बारेमा यो जानकारी पाएको थिए अर्थात् बाथरूममा आउने पानीलाई तपाई ठूलो विश्वासका साथ पिउने पानीको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। यस्तो प्रश्न सोध्ने विदेशमा जताततै एउटै जवाफ पाइन्छ। एयरपोर्टमा नन-भेज पिज्जा र बर्गरहरू उपलब्ध थिए। शाकाहारीहरूका लागि विभिन्न प्रकारका बन, मफिन र चिज टमाटो स्यान्डविच (टमाटो फोकासिया नाम) जस्ता व्यंजनहरू पनि उपलब्ध थिए। तर म खाना र पेय पदार्थको पूरा स्टक लिएर बार्सिलोनाबाट प्रस्थान गरेको थिए।
बार्सिलोना एयरपोर्टमा स्वादिष्ट जापानीज़ सुसीको मजा लिएपछि मैले बाँकी समय एयरपोर्टमा विन्डो शपिङमा बिताउने निर्णय गरे । केही समयको किनमेल संगै यो एयरपोर्टबाट फर्कने क्रममा, मैले केहि ज्ञान प्राप्त गरिसकेको थिए। केही समयको सपिङपछि विमानस्थलबाट बाहिर निस्के । त्यसपछी फ्रान्सको मनोरम दृश्यलाई नियाल्दै फ्रान्सको रमणीय स्थानहरुमा घुम्ने अवसर प्राप्त भयो र सोही दिन सहित कुल दुई दिन फ्रान्समैं घुमफिर गरियो र दुई दिनपछी पुन-एण्डोरा भन्ने देश प्रस्थान गरे ।समय कम र जानु पर्ने देश धेरै भएकोले सकेसम्म आफ्नो यात्रालाई छिटो सक्ने प्रयास गरीरहेको थिए। एण्डोराको बसाई पनि दुईदिनको रहेको थियो एण्डोराको सुन्दर मैदान र हरियाली मेरो आँखा अगाडि अहिले पनि झलझली आहिरहेको छ।
एण्डोराको बसाई पछि म अधिकांश नेपालीहरुको रोजाईमा पर्ने यूरोपका अविकसित देशमा गएका प्रायजसो नेपाली जाने ठाउँ अर्थात् बिश्वका चर्चित देशहरु मध्यमा पर्ने पोर्चुगलमा म पनि एकपटक नगइनहुने भनेर पोर्चुगल गए। झण्डै तीन दिनको पोर्चुगलको बसाईमा मैले धेरै नेपालीहरु संग भेटघाट गर्ने अवसर प्राप्त गरे । नेपालका विभिन्न जिल्लाबाट पोर्चुगल गएका ती युवाहरु अधिकांश अण्डर ३५ का भेटिए । भेटिएका सबै युवाहरुसंगको कुराकानीको क्रममा प्रायजसो खाड़ीका विभिन्न देशहरूबाट आएको बताए । केही युवाहरुले त आफूहरु भ्रममा रहेर यहाँसम्म आएको बताउदै उक्त निर्णय कुरा नबुझी यूरोप आउन चाहाने अर्थात् आउने तयारीमा रहेका अन्य नेपाली दाजुभाईहरुलाई एक पटक पुनर्विचार गर्न सल्लाह दिए।
अंग्रज़ी भाषा भन्दा पनि यहाँको स्थानीय भाषालाई प्राथमिकता दिने भएकोले यदी यूरोप आउने जोकोहीपनी इच्छुक हुनुहुन्छ भने आफू जान तयारी गरेको देशको स्थानीय भाषा र कुनै न कुनै शिप सिकेर मात्र जान सुझाए। पोर्चुगलमा ५/७ वर्षको कष्टकर बसाई पछि रातो पासपोर्ट पाउने आशाले यूरोपका अन्य देशहरुबाट पन भागेर पोर्चुगल आएका धेरै नेपाली देखियो।
यसरी यूरोपको चार देशमा घुम्दाको मेरो अनुभव के रह्यो भने युरोप भन्दैमा सुनकै लिस्नो राख्न सकिने गरेर कमाइ हुने पनि होइन रहेछ युरोपमा । नेपाल र मध्यपुर्व भन्दा धरै महंगो जिवनशैली रहेछ । युरोपको राष्ट्रियता पाइन्छ भन्ने सपना देखेर भासिनु भन्दा अाफु जाने देशको भाषा सिकेर कुनै शिपमुलक काममा गएमा युरोपमा सफलता हासिल गर्न सकिन्छ अन्यथा मध्यपूर्वका देशमा भन्दा पनि कष्टकर जिवन विताउन बाध्य हुनुपर्ने रहेछ । समय संगै चलेको व्यस्त यूरोपमा हामीले सोचे भन्दा धेरै नै फरक पाए । काम गरे मात्रै खान पाइने यूरोपमा संघर्ष भन्ने कुरा बुझ्न र जान्न सकिने रहेछ। एक एक सेकेण्डको हिसाब राखिने यूरोपमा घड़ीको अर्थ बुझ्न सकिने रहेछ । युरोपका धेरै देशमध्ये नेपालीको विशेषः रोजाइमा पर्ने देश स्पेन, बेल्जियम, लक्जमबर्ग, पोर्चुगल, डेनमार्क, नर्वे, स्विडेन लगायका देशहरु पर्दछन।
यूरोपमा बस्न चुनौती र उत्कृष्ट अवसर दुवै रहेका छन। सिधा अाैलाले डब्बाको घ्यु बाहिर निकाल्न नसकिने भएजस्तै कुनैपनि शिप विना सम्बन्धित देशको भाषा नसिकी र कुनै शिप बिना युरोप जानु भनेको कष्टकर जिन्दगी जिउन जानु मात्रै हो ।
रोजगारीको लागी होस वा घुमफिरको लागी भरपुर अवसरहरूको उपलब्धता र यसलाई ठूलो फाइदा मानिन्छ तर कहिलेकाहीँ, काम खोज्नु एक चुनौती हुन सक्छ, विशेष गरी यदि तपाईं स्पैनिश भाषा राम्रोसँग बोल्नुहुन्न भने।
त्यहा तपाईं आफैलाई विविध किसिमका मानिसद्वारा दल घेरिएको पाउनुहुनेछ साथै तपाईंले नयाँ मानिसहरूलाई भेट्नुहुनेछ र स्थायी मित्रता बनाउनुहुनेछ। त्यस्तै तपाई हामीले यूरोपमा धेरै शैक्षिक र व्यावसायिक अवसरहरू प्राप्त गर्न सक्ने रहेछाैं । हामीलाई अघी बढ्न र हाम्रो सपनाहरूलाई वास्तविकतामा परिणत गर्ने अवसर प्रदान हुने सम्भावना अझ धेरै हुदोरहेछ। यूरोपमा बस्ने अनुभवले हामीहरुलाई क्षितिज फराकिलो पार्ने र बहुसांस्कृतिक समाजमा आफूलाई डुबाउने ठूलो अवसर प्राप्त हुदोरहेछ। साथै यूरोपको शिक्षा प्रणाली प्रतिष्ठित र विविध छ, जसले सिक्ने र नवाचारको लागि अवसरहरू प्रदान गर्दों रहेछ।
यद्यपि, यसले बलियो जोखिम र उच्च लागतहरू हुन सक्छ र केही व्यक्तिहरूको लागि चुनौती हुन सक्छ।
जिन्दगीमा धेरै जान्ने बुझ्ने मन हुदा हुदै पनि समय र परिस्थिले गर्दा भने जसरि अगाडी बढ्न सकिरहेको थिएन । मान्छे हो रहर त लागिहाल्छ नि जीवन जिउनको लागि मनमा अनेकन अनेक रहर हुन्छ। त्यहि क्रममा मैले धेरै रहर गरे विदेशका धेरै देशहरुमा घुम्ने अवसर प्राप्त गरें जुन विश्वका लाखौ मानिसहरुको चाहना हुने गर्दछ युरोपको देशहरुमा घुम्न। सोहि क्रमलाइ मैले पनि चाहा राखे र कुवेत आएको झन्डै सात वर्ष पछि चाहना पूरा भयो मैले पनि युरोप जाने निर्णय गरे ‘सही अनुरूप लामो समय पछिको अथाह प्रयास पछि युरोप जाने निर्णय गरे र विभिन्न तरिका बाट सहजीकरणको बाटो खोज्दै कुवेत स्थित BLS जसको अर्थ भिसा अप्लिक्यशन सेन्टर भनेर चिनिञ्छ सोहि स्थानबाट मैले यात्राको सुरुवात गरेको थिए। मेरो पहिलो यात्रा कुवेतबाट सुरुवात भएको थियो । कुवेतबाट युरोपको पहिलो यात्रा,स्पेनको बार्सिलोना भएको थियो। स्पेनमा मैले देखेको त्यहाको मान्छे जसले यात्रा गर्दा धेरै सचेत संगै सबारीसाधनको आवतजावतमा निकै नै नीति र नियमको उच्च पालना गरेको पाइयो । साथ साथै सोहि छेत्रमा मान्छेको उच्च संघर्षको पाटो रहेको देखियो। यात्राकै क्रममा त्यहा मैले शिप बिनाको युरोप यात्रा अपुरो रहेछ भन्ने मैले महसुश गरे लाखौ आप्रवासीहरु काम नपाएर धेरै दुख पाएको र विविध समस्या पाएर भौतारिरहेको देखे र म आफुले पनि सोहि घटनालाई देखेपछि युरोपमा शिप नभए जान नहुने सबैलाई सल्लाह दिन्छु।