Sunday 20th September 2026

जाजरकोट भूकम्पमा अहिलेसम्म १२९ जनाको मुत्यु, १५३ जना घाइते


शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको छ भने रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म १५३ जना घाइतेहरू सम्पर्कमा अाएका छन् ।

विकट पहाडी भागमा भूकम्प गएको र भूकम्पका कारण सुक्खा पहिरो जाँदा सडकहरू अबरूद्द हुँदा राहत उद्दारमा कठिनाइ भइरहेकोले क्षतिको पूर्ण विवरण अाउन केहि समय लाग्ने देखिन्छ ।

अहिले स्थानीयहरू, प्रहरी र सेनाका टोलीले उद्दारको कार्य जारी राखेका छन् । कतिपय स्थानमा संचार सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण नअाइसकेपनि अरू धेरै मानवीय क्षति हुन सक्ने देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

अत्याधुनिक चिकित्सा प्रविधि र दक्ष चिकित्सकको टिम: पारस मल्टिस्पेसियालिटी हस्पिटलमा बढ्दै बिरामीको विश्वास -गुलाम नवि मन्सुर विराटनगर, पछिल्लो समय विराटनगरस्थित…

प्रतिकृयाहरू
...