Friday 30th January 2026

जाजरकोट भूकम्पमा अहिलेसम्म १२९ जनाको मुत्यु, १५३ जना घाइते


शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको छ भने रूकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म १५३ जना घाइतेहरू सम्पर्कमा अाएका छन् ।

विकट पहाडी भागमा भूकम्प गएको र भूकम्पका कारण सुक्खा पहिरो जाँदा सडकहरू अबरूद्द हुँदा राहत उद्दारमा कठिनाइ भइरहेकोले क्षतिको पूर्ण विवरण अाउन केहि समय लाग्ने देखिन्छ ।

अहिले स्थानीयहरू, प्रहरी र सेनाका टोलीले उद्दारको कार्य जारी राखेका छन् । कतिपय स्थानमा संचार सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण नअाइसकेपनि अरू धेरै मानवीय क्षति हुन सक्ने देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...