Thursday 2nd May 2024

झाक्रीहरुको चिन्ताले नेपाल बन्ने भए सवै भन्दा गरिब हुने थिएन


तोयानाथ दाहाल, उपेक्षित, हिजो राम कुमारी झाक्रिले एनआरएन को मञ्चबाट नै एनआरएनहरु को अभिव्याक्ति विरुद्ध खरो टिप्पणी गरिन । उनको टिप्पणीलाई लिएर पक्ष र विपक्षमा मतहरु आई रहेका छन । खास गरी नेपालमा रहेकाहरुले उनको अभिव्याक्तिमा तालि दिएका छन भने सक्कली एनआरएन हरु लाई छटपटी भएको छ । खाडीका एनआरएनहरु ले समर्थन र विरोध के गर्ने भनेर भेउ पाईरहेका छैनन ।

उनले भनेका केही कुराहरु यर्थाथ छन । सत्य अलिक तितो नै हुन्छ । उनले कुटनैतिक भाषा प्रयोग गरिनन् भन्दैमा विरोध गर्नुको कुनै तुक छैन तर यसो भनिरहदा उनले केही कुरा अलिक धेरै बोलेकी पनि छन ।

झाक्रीका समर्थन गर्न सकिने कुरा
१ एनआरएनलाई सामाजिक, सास्कृतिक र आर्थिक अधिकार दिईएको हो राजनैतिक होईन ।
२ एनआरएनले नागरिकता फालेर विदेशको नागरिकता लिएका हुन ।
३ एनआरएनहरुले आँखा मिच्दै नेपालको विषयमा चिन्ता लिने र फेसबुकमा स्टाटस हाल्न पर्दैन ।
४ एनआरएनहरुले समृद्ध देशमा रहेर कस्तो शिक्षा लिए र कस्तो अनुशासन सिके ?
५ तपाईहरुले देशलाई योगदान दिनु होला भनेर मात्र यतिको व्यवस्था गरिएको हो । राजनैतिक अधिकार दिएको होईन ।

विरोधजन्य कुराहरु
१ नेपालको विषयमा चासो लिन र चिन्ता जाहेर गर्न पाउदैनन भन्ने कुरा अस्वीकार्य छ
२ जीवन र जवानी त्याग्दैमा वा संघर्ष र बलिदानी गरेको छु भन्दैमा देश विर्गाने अधिकार नेपालका राजनैतिक दललाई हुदैन ।
३ एक पटकको नेपाली सधैको नेपाली हुने भएकाले चिन्ता र चासो लिन पाईन्दैन भन्नु जिम्मेवार अभिव्याक्ति होईन ।
४ रेष्टुरेन्टमा भाडा माझेर फुर्सद भएन भनेर होच्याउनु शोभनिय छैन ।
५ एनआरएनलाई ललकार्नु भन्दा देशलाई समृद्ध बनाउन चुकेको कुरा स्वीकार्न पर्दथ्यो ।

झाक्रि को अभिव्याक्ति उत्तेजक र ईमोशनल थियो तर त्यो हुनुमा उनको नियत र योजना को अभिव्याक्ति नभएर एनआरएनहरु ले दिएका कतिपय आपत्तिजनक अभिव्याक्तिको प्रत्युत्तर थिए । त्यही रहेर परिस्थिती को आकलन गर्नेहरुले बुझेको त्यो उनको भाषण जस्तालाई तस्तै को रुपमा हो । तर फेरी पनि मुलुक बाहिर रहेर उनको भाषण मात्र सुन्नेहरुलाई आपत्ति लाग्नु स्वभाविक देखिन्छ । झाक्रिले कतिपय एनआरएन हरुले विदेशमा पढेर आफुहरु अव्वल ज्ञ,ानी र संसार बुझेको कुरा गर्दै नेपालका राजनैतिक दल र तिनका नेताप्रति गरेको कटाक्ष ले परिस्थिती भडकिएको हो । त्यसो त एनआरएन हरु ले विगतमा पनि महाधिवेशनताका बेला नेतृत्वको विषयलाई लिएर वितण्डता मच्चाउदै आएको हेर्न हो भने उनीहरुले सभ्यता सिकेका छन भन्न सकिन्दैन । तोडफोड र गाली गलौज उनीहरुको जीनमा कायमै छ भन्ने कुराको पुष्टि बारम्बार भएकै छ । निर्वाचन मा भाग लिने प्रतिस्पर्धी ले नेपालको एक निर्वाचन क्षेत्रमा सांसदहरुले गर्ने खर्च भन्दा कयौ गुणा बढी गर्ने गरेको पनि देखिन्छ । के यहि विधी विदेशले सिकाएको हो त ? उनीहरुले मतदाता खरिद गर्ने, होटल र रेष्टुरेन्ट नै रिर्जब गरेर रक्सी मासुको भोज दिने कार्य नेपालको राजनैतिक दलहरुलाई माथ खुवाउने खालका छैननर ? एनआरएनहरुले नेपालबाट जे सिकेर गए त्यहि लिएर आएको देखिन्छ । परिवर्तन खोई ?

खाडीका एनआरएन उनीहरुका भोट बैंक हुन भन्ने कसलाई थाहा छैनर ? प्रथम दृष्टि मा नै एनआरएन को मूलभूत मान्यता र उद्देश्य लाई हेर्ने हो भने खाडीमा रहेका एनआरएन बास्तविक एनआरएन होईनन देखिन्छ । उनीहरु भोट बैंक मात्र हुन । शुरुमा खाडी रहेका कामदारहरुलाई एनआरएनले समेटेको थिएन । एनआरएनहरुले दोहरो नागरिकता लिने र त्यो नसके आफ्नो पैतृक सम्पती माथि हक जमाउने उपायको सुनिश्चिता खोज्ने क्रममा खाडी लाई पनि समेटे । ती उनीहरुका मुद्धा खाडीका मुलुक मा रहेका कामदारका लागि कुनै मुद्धा नै होईनन । तब उनीहरु खाडी देशहरुमा मजदुरका समस्या र राहातका प्याकेज लिएर आएका हुन । त्यसो गरे पछि खाडीमा रहेका मजदुरलाई एनआरएनमा जोडदै जान सहज भयो । लालच बहुत बुरी चिज है भने जस्तै खाडीका अगुवाहरु द्रव्य, प्रतिष्ठा र पदका लोभ मा धमाधम एनआरएन बने । संगठित भए तर तपाईले अहिले पनि हेर्नु भयो भने खाडी राष्ट्रमा रहेका कामदारहरु एनआरएन प्रति खासै चासो राख्दैनन । केही टाठाबाडा, र मानव ओसारपसारमा संलघनहरुको त्यहाँ हालीमुहाली देखिन्छ । उनीहरु आफ्ना काला कर्तुत लाई समाजसेवाको नाममा छोप्न का लागि एनआरएनको छाता समातेर बसेका छन । नेतृत्वका लागि उनीहरु जुनसुकै मूल्य चुकाउन पछि पर्दैनन । उनीहरुले एनआरएन बनाउन लाग्ने शुल्क पनि आफ्नो आफ्नो समर्थक खोजेर आफै तिर्दछन र मेरा यति उसका उती भनेर टाउका देखाएर पदको दावी गर्दछन । त्यही संख्याका आधारमा तय हुने प्रतिनिधीहरु लाई केन्द्रिय महाधिवेशनमा लैजान्छन । त्यसका लागि लाग्ने सम्पूर्ण खर्च पनि अमुक उमेद्धार मार्फत लिन्छन र आफूले लगेका प्रतिनिधीलाई व्यवस्थापन गर्दछन । टाउका देखाएर उनीहरुले समात्ने रकम निक्कै मोटो हुन्छ । एक प्रकारले उनीहरुले एनआरएनको महाधिवेशनमा राम्रै कमाई पनि गर्ने गरेका छन । तर यसो भनिरहदा अहिले को नेतृत्वका लागि खाडिले आफ्नो उमेद्धारी दिएको छ । जो बास्तवीक रुपमा एनआरएन होईनन । उनले प्रसस्त कमाएका छन र प्रतिस्पर्दा गर्ने हैसियत बनाएका छन त्यो बेग्ले कुरा हो । तर उनले पनि आईसीसी लाई खरिद नगरे सुखै छैन । मेरो क्षेत्रको उमेद्धार भनेर उनलाई निशुल्क सहयोग गर्ने नेतृत्व खाडीमा पाउनु हुन्न।

एनआरएन बनेर युरोप, अमेरिका, अस्ट्रेलिया, रुस वा अन्य कुनै देशको नागरिकता प्राप्त गर्न पाउदा नेपाल को नागरिकता फ्याक्नेहरुले नेपाललाई केही दिन्छन भन्ने विश्वास गर्न सकिन्दैन । उनीहरुसँग भएको पैसा नेपालमा लगानी गर्लान र देश विकाशमा टेवा पुग्ला की भन्ने मात्र नेपाल सरकारको आशा हो । तर त्यो संख्या कति छ ? अन्तराष्ट्रिय स्तरमा लगानी गर्ने हैसियत बनाएका नेपाली विदेशमा कति छन ? बाकीले त घर गाडी को ऋण तिरेर छोराछोरी पढाउदा, हुर्कादै जुनी विताउछन । त्यतिले नपुगेर अब उनीहरुले पाउने पैतृक सम्पती जो नेपाल मा अचल सम्पतीका रुपमा रहेको छ त्यो समेत बेचेर लाने सम्भावना पनि छ । आखिर भारत, थाईल्याण्ड, बर्मा, सिंगापुर वा विश्वको कुनै पनि देशमा रहेका नेपाली र एनआरएनहरुमा फरक के छर ? उनीहरु धेरै पहिले अर्थात केही पुस्ता अघि त्यो पनि विदेशीसँग लडाई लडने क्रममा त्यहाँ पुगे उतै बसोबास गर्न थाले । अहिले को एनआरएन यहि पुस्ता मात्र हो जो त्यहाँ छन । यो पुस्ताले नेपालकोे हावापानी, ढुंगामाटो विर्सिसकेको छैन । तिनका नजिक भन्दा नजिकका आफन्त नेपाल मै छन । यहि हो नेपाल त्यागेर पनि नेपालको धेरै चासो हुनको कारण तर यीनका सन्तान ले नेपाललाई चिन्दैनन र गन्दैनन । अहिले पास भएको कानून ले तिनका नाती सम्म लाई एनआरएन मान्ने भएकाले बाउ को नेपालमा भएको अचल सम्पती लिन भोलीका दिनमा छोरा या नाती ले धाएको भेटिने छन । त्यहि भएर एनआरएनसँग धेरै आशाबादी नबनौ ।

जहाँसम्म झाक्रीले नेपाल को चिन्ता लिन पर्दैन त्यसका लागि हामी छौ भनेकी छन त्यो उचित छैन । कमसेकम थोरै संख्यामा भए पनि एनआरएन भएका नेपालीहरु नेपाल फर्किनेछन । उनीहरुले नेपाल त्याग्ने छैनन । रबि लामिछाने ले जस्तै केही स्वार्थले होस वा नेपालको मायाले कतिपय फर्कनेछन र विदेशीको नागरिकता त्याग्नेछन । झाक्रिले त्यसो नभनेको भए राम्रो हुने थियो । नेपाल नेपाल नेपाल भनेर हत्ते हाल्ने र भविश्य नेपालमा नै बाकी जीवन विताउने उद्देश्यले कमाउन का लागि मात्र विदेश बस्नेहरु ले नेपालको चिन्ता गर्न नपाउनु ? यो त अति भो । त्यहाँको नागरिकता लिने ले ऋषी सुनक बन्नतिर लाग नेपाल का लागि हामी छौ भन्ने प्रकारको उनको धम्की कदापी जायज छैन । कोही सुनक को बाटोमा हिडछन भने कोही फर्कन्छन नी । नेपाली भाषा नभुल, हाम्रो सस्कृति नछोड, हाम्रो भेषभुषा लगाउ भन्न हामीले छाडदैनौ । अनि नेपालसँग लगाव नराख भन्नु त भएन । राजनैतिक दलहरुलाई यति खबरदारी गर्दा त देश एषियाको सबै भन्दा गरिब भईसक्यो भने सवै चुपचाप रहने हो भने मुलुक पनि नरहन सक्छ । आपत विपद पर्दा उनीहरुको सहयोग र हारगुहार चाहिने अनि अरु बेला चिन्ता लिन पर्दैन भन्न सुहाउदैन । नेपालबाट गएका भूटानी शरणार्थी ले पनि नेपाललाई दुख्दा मलम पट्टी गर्न अग्रसर हुन्छन भने झाक्रिले यति कठोर अभिव्याक्ति दिएर कुनै ठुलो काम गरिन भन्ने लाग्दैन ।

अन्तत यति भनौ, अब एनआरएन को स्वार्थ एक हिसावले नेपाल सरकारले पुरा गरिदिएको छ । यो हेर्न छ की नेपालमा सबृद्धीका लागि उनीहरुको भूमिका रहन्छ की भएको अचल सम्पती नगद बनेर विदेशीन्छ ! लगानीकर्ताहरुले आफ्नो आम्दानी विदेश लान्छन की यहि थप्दै जान्छन त्यो पनि देखिने छ । र यो पनि हेर्न छ की अब खाडीका तोरि लाहुरेहरु का विच एनआरएन मौलाउछ की सुक्दै जान्छ ? एनआरएन को अग्नि परिक्षा शुरु भयो ।


सम्बन्धित शीर्षकहरु

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार…

विश्व मे दिवसको अवसरमा एसियाभरका मजदुरहरू अधिकार वृद्दिको माग गर्दै सडकमा उत्रिएका छन् । बुधबार दक्षिण कोरिया, जापान, ताइवान, फिलिपिन्स…

प्रतिकृयाहरू
...