Tuesday 4th August 2026

कुवेत ट्रेड युनियन महासंघद्वारा जिफन्ट कुवेतका प्रमुख गणेश रावत सम्मानित


तीतोपाटी – कुवेत ट्रेड युनियन महासंघले नेपाल ट्रेड युनियन महासंघ कुवेतका इन्चार्ज गणेश रावतलाइ एक कार्यक्रमका बिच सम्मान गरेको छ । कुवेत ट्रेड युनियन महासंघले संचालन गरेको श्रमिक हिंसा र उत्पीडन विरूद्धको अभियानमा सहभागी भइ उत्कृष्ट कार्य गरेको भन्दै गत १७ अक्टोबर साँझ कुवेत ट्रेड युनियन महासंघको कार्यालयमा एक सम्मान पार्टीको अायोजना गरि रावतलाइ सम्मान गरिएको हो । सम्मान समारोहमा कुवेत ट्रेड युनियन महासंघका महासचिव महम्मद अल अरदा, सोलिडारिटी सेन्टर कुवेतका अब्दुलरहमान लगायतको उपस्थिति रहेको थियो ।

करिब २ दशकदेखि कुवेतमा अाप्रवासी श्रमिकको रूपमा कार्यरत रावत विगत केही वर्षदेखि जिफन्ट कुवेतको प्रमुखको रूपमा रहेर कुवेतमा रहेका नेपाली श्रमिकहरूका समस्या समाधानमा सकृय छन् ।

संस्थागत तथा व्यक्तिगत रूपमा पीडित भएका नेपाली श्रमिकहरूलाइ काउन्सिलिङ, दूतावाससँग सहजीकरण र घरफिर्तिमा समेत सहजीकरण गर्दै अाएका रावतले कुवेतका अस्पतालमा रहेका श्रमिकहरूको उद्दार तथा कानुनी जटिलतामा रहेका श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूलाइ उद्दार गर्नमा कुवेत ट्रेड युनियन महासंघसँग सहकार्य गरेर उद्दारका कार्यहरू गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

प्रतिकृयाहरू
...