Thursday 23rd July 2026

ताबुकमा श्रमिक अन्तरक्रिया तथा नवीकृत राहदानी वितरण सेवा सम्पन्न


देवि बहादुर सुतार कार्की, ताबुक (साउदी अरब ) – साउदी अरबको ताबुकमा राहदानी नवीकरण भई आएको नयाँ राहदानी ३६१ मध्ये ३ सय २ जनाको राहदानीहरू १५ सेप्टेम्बर २०२३ का दिन बितरण गरिएको छ। उक्त कार्य शुक्रबारका दिन सेवाग्राहीलाई सहज हुने गरी गरिएको थियो । सोही क्रममा सधैं झै उपस्थिति श्रमिकहरु बिच विभिन्न अन्तरक्रिया समेत गरिएको थियो ।

महाबाणिज्य दुतावास जेद्दा देखी दुर दराजको क्षेत्र ताबुक तथा ताबुक आसपासमा रहेका श्रमिक दाजु भाई दिदिबहिनीहरुले आफु रहेको नजिकै को स्थानबाट आफ्नो राहदानी नवीकरण गर्न पाउदा अत्यन्तै हर्षित भएका थिए । भौगोलिक रुपमा अरु क्षेत्र को तुलनामा ताबुक सानो क्षेत्र भएता पनि साउदी अरब कै सबै भन्दा ठुलो नियोम परियोजना (Neom project ) को कारणले हाल सेवाग्राहीहरुको संख्या सबै भन्दा उच्च- संख्यामा रहेको छ।

राहदानी वितरण सेवा सम्पन्न गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका प्रवक्ता श्री देबी बहादुर कार्की,गैर आवासियनेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका पूर्व उपाध्यक्ष तथा हाल जेध्दा कन्सुलेट द्वारा ताबुकका लागि स्थानीय प्रतिनिधि श्री अर्जुन थापा, गैर आवासिय नेपाली संघक्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारीहरु अध्यक्ष श्री नर बहादुर खतिवडा, उपाध्यक्ष श्री ओम थापा, सचिव श्री बुद्धी प्रसाद बास्तोला, प्रवक्ता श्री शक्ति भट्ट, सह सचिब श्री ज्ञान भक्त खड्का, युवा संयोजक श्री बिक्रम तिम्सिना, सद्स्य श्री सुमन कार्की, श्री राजेश सिर्पाली, श्री बिकास झा लगायतले व्यवस्थित बनाउन अत्यन्तै समन्वयकारीभुमिका निभाउनु भएको थियो । गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक साउदी अरबको सहकार्यमा नवीकृत राहदानी वितरण सेवा सम्पन्न भएको थियो।

सन् २०१४ देखी अहिलेसम्म कै उच्च संख्यामा राहदानी नवीकरण भइ वितरण भएको र दिनानुदिन नेपाली श्रमिकहरुको आगमन तथा बाक्लिदो संख्या भइरहेकोले आगामी दिनहरुमा अझै यो संख्या बढ्न सक्ने अनुमान आर.सि.सी. अध्यक्ष श्री नर बहादुर खतिवडाले बताउनु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...