Sunday 5th May 2024

गोरु काण्डमा कोही नेता बोलेनन


तोयानाथ दाहाल, उपेक्षित, धरानमा केही समय पहिले पार्टी प्यालेस भनेर एउटा भवन हिन्दु मन्दिरको सामन्ने बनाईयो र पूर्ण रुपमा तयार भए पछि मात्र त्यसलाई चर्चको रुप दिईयो । धरानका मेयरले हिन्दुहरुको विरोध र गुनासो सुन्नै चाहेनन बरु उक्त विषय आफ्नो अधिकार क्षेत्रमा नपर्ने भन्दै अदालत जान भने ।

चर्च काण्ड सेलाउन नपाउदै त्यही धरानमा गोरु काटेर सार्वजनिक भोज गरियो र त्यसलाई सामाजिक सञ्जालमा भाईरल बनाईयो । नेपालको संविधानले गाई र गोरु काट्न निषेध गरेको छ तर त्यसलाई चुनौती दिईयो । कानूनत नेपालमा कुनै पनि पशु स्त्री चौपायाको बध गर्न नपाईने भनेको छ ।

धरानमा एक पछि अर्को काण्ड मच्चिनुको पछाडी के मेयर हर्क साम्पांगको हात छ त ? मानिसहरुले यस सन्दर्भमा मेयर नै प्रमुख जिम्मेवार हो भनेका छन भने कसैले मेयर अराजक र कच्चा खेलाडी भएको भन्दै उनलाई कानूनको ज्ञान कम भएको भन्दैछन । कसैकसैले उनी स्वय क्रिश्चियन भएको आरोप लगाई रहेका छन । मेयर कुन धर्म मान्छन त्यो बैयाक्तिक कुरा तिर नजाऔ उनले आफू यो हुँ भनेर बोलेका पनि छैनन तर उनको आगमन पछाडी नै यी सवै काम सहज रुपमा मानिसहरुले किन गरिरहेका छन भन्ने गंभिर सवाल भने खडा भएको छ । काम पनि गर्ने र धेरै बोल्ने मेयर हुन उनी । धेरै बोल्ने मान्छेबाट धेरै गल्ती पनि हुन्छन स्वभाविक हो तर उनले आफ्नो पदिय हैसियत र मर्यादालाई भने विचार गर्नै पर्ने हुन्छ । उनी निश्चित जाति, धर्म वा समुदायको मात्र मेयर होईनन । उनले बुझ्नै पर्ने कुरा यो हो । यसो त उनले यति जावो कुरा नबुझेका होलान भन्ने लाग्दैन । बुझिबुझी पनि यी सव कुरा हुनुका पछाडी उनको मौनता नै हो । सवैले देख्दा मौनता देखिन्छ भित्र उनको नियत के छ भन्ने खुल्दै जाला । स्थानिय सरकार प्रमुख हुनको नाताले नेपालको संविधान र कानूनको पालना गराउन उनको ठुलो भूमिका हुन्छ तर त्यो केही देखिन्दैन । श्रम गर्न जनतालाई उत्प्रेरित गराउने र श्रमदानबाट आर्जित विकासमा जनताको अपनत्व मन र मस्तिकबाट जाग्ने कुरामा उनी प्रेरणादायी भूमिकामा छन तर यति कुराले मात्र उनको लोकप्रियतालाई बरकरार राख्न सक्दैन ।

जातिय घृणा फैलाउन खोज्नेका विरुद्ध त्यस्ता गतिविधीलाई रोक्न उनले कहि कतै कसैलाई आग्रह वा आव्हान गरेको पाईन्दैन बरु उनले जातियताको हिसावले क्षेत्रीबाहुनप्रति कटाक्ष गरेर लेखेको वा बोलेको पाईन्छ । उनले नेश्नल मंगोल अर्गनाईजेसनको विरोधमा बोलेको एउटा पुरानो भिडियो पाईयो तर उनको गतिविधी तिनको भन्दा फरक पाईन्दैन । त्यतिबेला उनलाई सवैको सहानुभूति चाहिएर बोलेका थिए भन्ने तर्क पनि शुरु भएको छ ।

धरानका मेयर नबोल्दैमा यो देशमा आकाश खस्ने त होईन तर धरानको शान्ति र अमनचयन भने उनको बोलीले सपार्ने वा विगार्नेमा ठुलै महत्व राख्दछ । हर्क पार्टी विहिन मानिस हुन भोली उनको पराजय सँगै सवै कुरा सिद्धिएला तर देशमा धेरै राजनैतिक दल छन र तिनका सयौ पार्टीहरु छन ती मध्ये राप्रपा बाहेक अरु कोही पनि गोरु काण्डमा बोलेनन किन ? के उनीहरुको पनि नेपालमा गाई गोरु काटेर खान पाउन पर्दछ भन्नेमा समर्थन हो ? नयाँ भनिएका दल वा नेताहरु पनि बोलेनन ? उनीहरुले पनि भोटको राजनितीमा जोगिन खोजेको हो । संविधानमा संरक्षित कुराहरुको उलंघन हुदा राज्य बोल्दैन, दलहरु बोल्दैनन, नेताहरु बोल्दैनन भने जनताले के बुझ्ने ? के ति सवै दल र नेताहरु गोरु पार्टी भएका हुन ? उनीहरु पश्चिमा शक्तिलाई रिझाउन नै नबोलेका हुन ? या त हाम्रा ठुला भनिएका सवै राजनैतिक दल र नेताहरु हर्क साम्पांग जस्तै भईसकेका हुन ?

अरु नबोले नबोलुन । सवै विकिसकेका नेताहरु हुन तर रबिले बोल्न पर्ने थियो । चितवनको एक विरोध रयालीमा उनका मतदाता केही महिलाहरुले त्यही कुरा भने । तर रबि वा रास्वपा पनि गोरु काटेर खाएको विषयमा चु सम्म नबोल्नु विडम्बना हो । ठिक गरे वा बेठिक गरे । गर्नु हुदैनथ्यो भनेर कुनै दल वा नेताहरु बोल्न नसक्ने हो भने संविधानलाई संसोधन गरेर खान पाउने भनेर लेखिदिए भैगयो नी । जनताले या त सहन्छन या त यिनलाई लखेटछन । नबोल्नका पछाडीको एउटा कारण यो पनि हुन सक्छ शायद तिनीहरुले पनि गोरु खाने गर्दा हुन विदेश भ्रमणमा निस्कदा ।

एमाले सत्तामा रहेसम्म कोशी प्रदेशमा आगो बाल्ने पहिचानबादीहरु अहिले निदाएका छन । उनीहरुको गोरु काण्डमा के हो धारणा त्यो पनि कतै सार्वजनिक भएको छैन । पहिचानको मागलाई समर्थन गर्नेहरु नै गोरु काटी खाने काण्डमा मुछिएपछि अब उनीहरुले भनेको पहिचानमाथि थप प्रहार हुने देखिन्छ । हिजो समर्थन गर्ने कतिपय मानिसहरु आफ्नो पूर्ववत समर्थनबाट विचलित हुने छन । पहिचान उनीहरुको माग बमोजिम पाउने हो भने झन के के होला त्यस प्रदेशमा भन्ने संशय गोरु काण्डले ल्याई दिएको छ । अब कोशीलाई थप बदनामीबाट बचाउने हो र धरानलाई पूर्वको सुरक्षित शहरमा विकास गर्ने हो भने यस्ता साम्प्रदायिक र धार्मीक विवाद ल्याउनेहरुका विरुद्ध धराने जनता आफै तात्नु पर्दछ । आदिवासी समुदायले यसमा सचेत रहन पर्दछ


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...