Tuesday 13th October 2026

नेपाल राष्ट्र बैंकद्वारा माैद्रिक नीति सार्वजनिक


नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैंकदर यथावत नै रहेको छ भने, नीतिगत दरमा सामान्य लचकता रहेको छ । ७ प्रतिशत रहँदै आएको नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरिएको छ । हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राख्दै नीतिगत दरमा सामान्य घटाएको छ । आन्तरिक तथा वाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जारी मौद्रिक नीतिले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई निरन्तरता दिएको छ । मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशा अवलम्बन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Monetory_policy_2080-081__final_web


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...