Wednesday 9th September 2026

पाकिस्तानी सिमा र भारतीय सचिनको प्रेमले उठाएका सवालहरु


तोयानाथ दाहाल, उपेक्षित, सिमा हैदर ४ बालबालिका सहित आफ्नो प्रेमी सचिनसँग भारत आईन । उनको उमेर मात्र २७ वर्ष छ तर उनीसँग ४ बच्चा पनि छन । उनले मात्र ५ कक्षा उतिर्ण गरेकी हुन तर अङ्ग्रेजी बोल्न सक्छिन । कम्प्युटर चलाउने राम्रो ज्ञान छ । आफ्नो र बच्चाको पाँच पाँच वटा पासपोर्ट कसरी बनाईन । तीन तीन वटा उनीसँग मोबाइल फोन छन । पकिस्तानी सिमकार्ड छन । उनी पाकिस्तानबाट दुबई र दुबईबाट नेपाल आईन । नेपाल भारत जोड्ने खुल्ला बोर्डर भए पनि गोप्य रूपमा बोर्डर क्रस गर्ने बाटो हुदै भारत पुगिन । नेपाल भारत आउँदा उनले तुरुन्तै सारी पहिरिन र नमस्ते जस्तो शव्दले अभिवादन गर्न शुरु गरिन् । सादगी र भारतीय वातावरण, कमजोर हिन्दी र अङ्ग्रेजी बोल्ने उनी उर्दूको एक शब्द पनि जिब्रोमा आउन दिन्नन् ।

तपाइँलाई यो मजाक हो जस्तो लाग्छ । उनलाई भारत सरकारले पक्राउ गर्यो । सचिन र सिमा दुवै जना थुनिए र केही शर्त सहित अदालतले छाडि दियो । बन्दीले कल्पना पनि गर्न नसक्ने काम उनले गरेकी छन । भारतीय मिडियामा उनका अन्तरवार्ता छ्याप्छ्याप्ती आउछन । सामाजिक सञ्जाल हेर्दा यस्तो लाग्छ देशले उत्सव मनाइरहेको छ जसलाई आम मानिसहरुले भावुकताका साथ स्वागत गरेको देखिन्छ ।

भनिन्छ उनले भारतीय नागरिकता छिट्टै प्राप्त गर्दैछिन र सरकारी जागिर पनि पाउन सक्छिन किनकी उनी अब्दुल तिर नभई सचिनतिर दौडेकोमा मानिसहरू खुसी छन् ।

तर यो भारतको पूर्ण असफलता पनि हो । देशको लागि सुरक्षा एजेन्सीहरूको लागि, सरकारको लागि । यसरी नै यो असफलता एनआईएको लागि, सेनाको लागि, रअ को लागि, सीविआईको लागि पनि । आखिर भारतमा यस्तो कोही पनि आउन सक्छ ?
यसको बारेमा सोच्नुहोस् त ? अहिले यहि सवाल भारतमा उठिरहेको छ । यो माया को मात्र प्रश्न हैन ? समग्र भारत, सिंगो समाज, गाउँ, शहर र देशको सुरक्षा संयन्त्रमाथिको संवेदनशील प्रश्न पनि हो । अरुको निगरानी र चासो राख्ने भारतले आफ्नो घर जल्ने पत्तो कसरी पाउन सक्छ होला ?

सीमा हैदरबाट अहिले उनको नाम सिमा ठकुराईन भएको छ । सिउदो सजाएर सचिनको सिन्दुर पहिरिएकी छन । मिलाएर सारी लगाउन जान्ने भएकी छन । सचिनको तुलनामा उनी धेरै सुन्दर छिन । निक्कै सोच विचार गरेर बोल्दछिन । उनले तुरुन्तै हिन्दु धर्म अपनाएकी छन ।

सचिन झन महान लाग्दछन उनले ४ वटा बच्चा सहित सिमालाई स्वीकार गरेका छन । उनका घर परिवारले पनि उनीहरुको सम्बन्धलाई स्वीकार गरेको देखिन्छ । समाजिक सञ्जाल मार्फत जोडिएका उनीहरुले दुवै देशको दुश्मनीसँग कुनै सरोकार राखेनन । दुई अलग धर्मसँग कुनै विभेद देखाएनन ।

सिमाको श्रीमानले आफ्ना बच्चाहरु भारतिय टिभी च्यानलबाट देखे पछि मोदी सरकारसँग अपिल गर्दै आफ्ना बच्चा पाकिस्तान फर्काईदिन अनुरोध गरेका छन । सीमा बरु भारतीय जेलमा बस्न स्वीकार्य भएको तर पाकिस्तान जान नसक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिई रहेकी छिन । उनीहरुको सम्बन्ध सदासर्वदा नटुटोस भनेर कयौ भारतीयहरुले कामना गर्ने गरेका छन ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...