Monday 5th October 2026

पाक प्रशाशित काश्मिर भारतमा मिल्न चाहान्छ – योगी आदित्यनाथ


उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार अम्बेडकर नगरमा आयोजित एक र्‍यालीमा सम्बोधन गर्दै भनेका छन , पाकिस्तान अधिनस्थ कश्मीरभित्र हामी पनि भारतमा सामेल हुन चाहन्छौं भन्ने माग छ। उनको यो बयानले पाक अझ चिढिएको छ ।

उनले भने, “अगस्ट ५, २०१९ मा कश्मीरमा धारा ३७० लाई इतिहासको डस्टबिनमा फालेर खारेज गरियो र कश्मीर भारतको कानून द्वारा शासित छ। हामी शान्ति र विकासको नयाँ धारा लिएर अघि बढौं । त्यस बेला भारतले जारी गरेको नक्साको विवाद ले नेपाललाई समेत भारतले चिढाएको छ । उसले सोही समयमा नेपालको चुच्चे नक्साको भूभाग आफ्नो नक्सामा गाभेको थियो ।

“अहिले कश्मीर भित्र कुनै अशान्ति छैन। अब पाकिस्तान प्रशासित कश्मीर भित्रको माग छ कि हामीलाई पनि भारतको हिस्सा बनाउनुपर्छ, हामी पनि भारतमा सामेल हुन चाहन्छौं, गरीब पाकिस्तानको साथमा कोही पनि उभिन चाहँदैनन् योगीले भने ।


सम्बन्धित शीर्षकहरु

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मधेश प्रदेशमा ४५९ वटा विपद्का घटना भएका छन्। यी घटनामा ९२ जनाको ज्यान गएको…

काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको महाधिवेशन असोज २२…

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

प्रतिकृयाहरू
...