Sunday 5th May 2024

टिभीमा लाइभ मारिएको भारतका ग्याङ्स्टर को राजनितीक जीवन


तोयानाथ दाहाल, उपेक्षित,
गत महिना, भारतको सबैभन्दा डरलाग्दो गैंगस्टर–राजनीतिज्ञ मध्ये एक, अतिक अहमदलाई उनको भाइसँगै टिभीमा लाइभ भईरहदा गोली हानी मारिएको थियो । यो चकित पार्ने हत्याले प्रयागराजमा उनको चार दशक लामो आतंकित शासनको अन्त्य गर्यो । कुनै समय प्रयागराज एक समृद्ध संस्कृतिको लागि परिचित थियो । नयाँ दिल्लीका सौतिक विश्वास र प्रयागराज बस्ने विकास पाण्डेले अहमदको अशान्त जीवनलाई एकसाथ समाप्त पारिदिए । जसमा अपराध र राजनीतिबीचको सम्बन्ध कसरी उदय र कसरी समाप्त हुन्छ भन्ने बुझ्न यीनको जीवन बुझे पुग्छ ।

सन २००५ को जनवरीको एक कुहिरो लागेको बिहान, राजु पाल, भर्खरै भर्खरै आएका सांसद, उत्तरी भारतीय सहर प्रयागराज (पहिले इलाहाबाद भनेर चिनिन्थ्यो) मा यात्रा गर्दै थिए, जब अचानक दुईवटा टोयोटा एसयूवी गाडीहरू कतैबाट देखा परे, खतरनाक रूपमा उनको सामन्ने घुमाएर उनलाई घेरा हाले । उहि बेला ती आधा दर्जनभन्दा बढी व्यक्तिले पालको कारमा हाम फालेर गोली चलाउन थाले । आफ्नो ह्यान्डगनबाट कैयौं राउन्डको वर्षा पछि, तिनीहरू त्यहाँबाट हिडे । रगत बगेका विधायकलाई त्यहाँ भेला भएका मानिसहरुले बाहिर निकालेर अस्पताल लैजान अर्को गाडीमा राखे ।

क्राइम रिपोर्टर रवीन्द्र पाण्डे भीडभाडवाला एउटा क्याफेटेरियामा कफी पिउदै थिए, जब उनले आक्रमणकारीहरूलाई दौडिरहेको कारहरूमा देखे की उनीहरुले घाइते राजनीतिज्ञलाई अस्पताल पु¥याउने गाडीमा गोलीको फोहरा हान्दै थिए ।
राजु पालको अंडरवर्लडसँग सम्बन्ध रहेको आरोप तिनको भए जस्तो बुझिन्छ । निर्मम र क्रूरताको अन्तिम हद पार गर्दै तिनले निर्जीव भईसकेका पालमाथि थप अरु केही राउण्ड गोली हानेका थिए किनकी उनीहरु उ मर्यो भन्ने सुनिश्चिन गर्न चाहान्थे । चिकित्सकले उनको शरीरमा १९ वटा गोली फेला पारेका थिए । अन्डरवर्ल्डसँग घनिष्ठ सम्बन्ध रहेको आरोप लागेका सांसदको विवाह भएको मात्र नौ दिन भएको थियो । “हामीले गोली चलाएको देख्यौ ं। सिङ्गो सहरले गोली हानेको देख्यो । यहाँ यस्तो पहिलो घटना थियो । आक्रमणको जिम्मेवार को हो भन्ने सबैलाई थाहा थियो,“श्री पाण्डे बताउँछन ।

त्यतिबेलासम्म अतिक अहमद पहिले नै प्रयागराजको सबैभन्दा डरलाग्दो गैंगस्टरबाट राजनीतिज्ञ बनिसकेका थिए । हत्या हुनुभन्दा एक वर्षअघि उनी उत्तर प्रदेश राज्यको सहरबाट लगातार पाँच पटक विधायक बनेर सांसद बनेका थिए ।

पाललाई कथित रूपमा मारिएको थियो किनभने उनले आफ्नै मैदानमा अहमदलाई चुनौती दिने साहस गरेका थिए । वन्डरर्वल्डसँग सम्बन्ध भएको मित्थ्या प्रचार थियो । अहमदले छिमेकी फूलपुर (एक प्रतिष्ठित सीट जसले पहिले भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले जितेको स्थान) बाट संसदीय चुनाव लड्न र अन्ततः जित्नको लागि – राज्यको चुनावमा आफ्नो भाइ र उसको मित्र बलवान अशरफलाई आफ्नो इलाहाबाद पश्चिम सीट दिएका अतिकले तिन पटकसम्म जितेका थिए तर अशरफ पालसँग ४ हजार मतले पराजित भएका थिए । पराजय स्वीकार्न नसकेको गुण्डागर्दीको राजनितीले पालको हत्या गरेर बदला लिन चाहेका थिए, जुन काम उनीहरुले गरे ।

४० वर्षभन्दा बढी समयसम्म, गरिब टाङ्गा–वाला (घोडा–गाडी चालक) को छोरा र गृहिणी आमाले भारतका दुई पवित्र नदीहरू गंगा र यमुनाको संगममा अवस्थित शान्त सहरमाथि अपराधिक अन्डरवर्लड प्रयागराजमा प्रभुत्व जमाएका थिए । प्रयागराज कवि, गायक, कलाकार, लेखक र वकिल (नेहरू र बलिउड महानायक अमिताभ बच्चन जन्मेको ठाउँ हो) को लागि प्रसिद्ध छ तर त्यहाँको शान्तिलाई अपराध र राजनीतिको दहनशील मिश्रण विटुल्याएको छ । यस ठाउँलाई बदनामी पार्ने काममा आतिक अहमदको भन्दा बढी योगदान आजसम्म कसैको छैन । उ आफ्ना पाँच छोराहरूका लागि प्यारो बुबा थियो, परम्परागत कुकुरहरू पाल्थ्योे, आफ्ना साथीहरूको स्वागत र सदभावका लागि भव्य पार्टीहरूको आयोजना गर्ने गर्दथ्यो । त्यहाँ शायरीहरु बाँचन हुन्थे कहिले कसो सम्मानित बलिउड गीतकारलाई समेत बोलाएर कार्यक्रमहरु प्रस्तुत गर्ने गर्दथ्यो ।

जतिसुकै देखाउनका लागि राम्रा आयोजनहरु गरे पनि तिनका लागि उसको मुल आयश्रोत भनेकै अर्काको सम्पत्ति लुट्ने, भनेको नमान्ने व्यवसायीहरुको सम्पती कब्जा गर्ने, व्यापारीहरूबाट पैसा उठाउने, खरिदका लागि नक्कली चेक जारी गरेर आफ्ना प्रतिद्वन्द्वीहरूलाई जेलमा समेत कुटपिट गर्न लगाउने काम गर्ने गर्दथ्यो । उसले धेरै पुलिस अधिकारी र राजनीतिज्ञहरूलाई आफ्नो पक्षमा पारेको थियो । जसले उसका कुर्कमलाई ढाकछोप गर्न सहयोग गर्दथे । अदालतहरू पनि उसँग सतर्क हुने गर्दथे । उसँग पंगा लिन न्यायधिसहरु डराउथे । २०१२ मा उच्च अदालतका १० न्यायाधीशहरूले उनलाई जमानत दिने वा नदिने भन्ने सुनुवाइबाट आफूलाई अलग गरेका थिए ।

अहमद क्षेत्रीय नेता मुलायम सिंह यादवसँग पनि निकट थिए । उनी तथाकथित २२७ “अन्तर–राज्य गिरोहका नेता समेत थिए । हत्या र अपहरण सहित लगभग १०० वटा मुद्दाहरू उन माथि थिए । यतिका मुद्धा हुदा सधै खोरमा हुन पर्ने मानिस प्रायः राजनितीमा हुन्थे । प्रयागराजका पूर्व शीर्ष प्रहरी अधिकारी लालजी शुक्ला भन्छन्, “मानिसहरूले उनीसँग डराए र सयौं मुद्दाहरू रिपोर्ट गरेनन् । “अहमदका अपराधहरूको वास्तविक संख्या धेरै बढी छ ।

यद्यपि यो वर्षको मार्चमा मात्रै अहमदलाई अपहरणको मुद्दामा दोषी ठहर गराईयो र जेलमा आजीवन कारावासको सजाय सुनाइयो । पहिलो पटक उनलाई दोषी ठहर गरिएको थियो । श्री शुक्लाले यो ढिलाइको श्रेय अहमदलाई “राज्यका प्रणालीहरुलाई आफू अनुकुल कसरी व्यवस्थापन गर्ने“ भन्ने राम्रो ज्ञान थियो । “उनी बारम्बार अदालतको मितिहरू छुटाउने र साक्षीहरूलाई धम्की दिने गर्थे । उसँग नडराउने केही साक्षीहरू पनि धेरै वर्षको अदालती प्रक्रियाको ढिलासुस्ती र मितीहरु पछि धकेलिदा थकित हुन्थे र उपस्थित हुन छाड्थे,“ उनी भन्छन । तर सजाय पाएको केही दिन पछि १५ अप्रिलको रात यो सबै एक भयानक घटना बनेर समाप्त भयो ।

अहमद र उनका भाइलाई प्रयागराजको एक अस्पताल बाहिर एक दर्जनभन्दा बढी सशस्त्र प्रहरीको उपस्थितिमा जतिबेला टिभीमा लाईभ भईरहेको बेला गोली हानी हत्या गरिएको थियो । त्यसबखत प्रहरी हिरासतमा रहेका दाजुभाइ नियमित स्वास्थ्य परीक्षणका लागि जाँदै गर्दा बाटोमा पत्रकारसँग कुरा गरिरहेका थिए । उक्त घटनामा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ, जसले ती दाजुभाइलाई “अपराधिक संसारमा आफ्नो नाम कमाउन“ चाहेको कारणले मारेको सोधपुछको क्रममा बताएका थिए । उक्त हत्याले देशलाई स्तब्ध बनायो र राज्य सरकारले तुरुन्तै छानबिन गर्न आदेश दियो ।

“उत्तर प्रदेशमा अब कुनै माफियाले आतंक फैलाउन सक्दैन,“ भारतीय जनता पार्टी (भाजपा) शासित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हत्याको केही दिनपछि बोलेका थिए तर उनले अहमदको नाम प्रत्यक्ष रूपमा उल्लेख गरेनन् । यसले के देखाउछ भने ती युवाहरुले नाम कमाउन मात्रै तिनलाई मारेका होलान भन्ने कुरामा आशंका गर्न सकिन्छ ।

२०११ मा अतिक अहमदले पाललाई त्यहि अस्पताल बाहिर बारेका थिए । उनको पनि त्यही अन्त भयो । अतिक अहमदको जन्म सन् १९६२ मा प्रयागराजको मुस्लिम बहुल क्षेत्रमा भएको थियो । उसको प्रारम्भिक जीवनको बारेमा धेरै थाहा छैन तर उनले हाई स्कूल छोडेर साना अपराधहरूमा संलग्न हुदै आएको बताईन्छ । सन १९७९ सम्म, उनीमाथि हत्याको अभियोग लगाइए पनि आरोप प्रमाणित हुन सकेको पाईन्दैन ।

अर्को दशकमा, उनले गुण्डाको रूपमा आफ्नो परिचयलाई उजिल्याउन थाले । पुलिस भन्छन् उनले रेलवे यार्डबाट स्क्र्याप धातु चोर्ने, प्रतिद्वन्द्वी ठेकेदारलाई धम्की दिएर सरकारी ठेक्का लिने र अरूको जग्गा र सम्पत्ति हडप्ने गर्न थाले यसै बीच उनी चन्द बाबा भनेर चिनिने शौक इलाही नामक गुण्डाबाट नगरपालिका काउन्सिलर बनेको गिरोहमा पनि सामेल भए ।

सन १९८९ सम्म, अहमद राजनीतिमा क्यारियर को लागी हेर्दै थिए । त्यही वर्ष राज्य सभाको चुनावमा दुवै जना एकअर्काको विरुद्धमा उभिएपछि गुरु र उनका अनुयायी बाहिरिए । यसबीच उसको टसल आफ्नै गुरु ईलाही अर्थात चन्द बाबा सँग बढ्दै थियो ।

चुनावको नतिजाको घोषणा पछि, वा सायद मतगणना प्रक्रिया (त्यहाँ विरोधाभासी रिपोर्टहरू छन) को समयमा, अहिले प्रतिद्वन्द्वी गुण्डाहरूका समर्थकहरू बीच शहरको सडकहरूमा एक हिंसक गैंग युद्ध सुरु भयो । झडपमा मुख्य निशाना बनेका इलाही मारिए । आफ्नो गुरुको उन्मूलन र एक स्वतन्त्र उम्मेद्वारको रूपमा आफ्नो पहिलो चुनावमा एक शानदार जीत संग, आतिक अहमद चर्चामा आए ।

अर्को तीन दशकहरूमा, अहमद प्रयागराजको सबैभन्दा डरलाग्दो गैंगस्टरमा बन्न पुगे । श्री शुक्ला ले भने उनलाई हत्या सहित विभिन्न अभियोगमा तीन पटक पक्राउ गरेको सम्झना रहेको बताउदै भने तर प्रत्येक पटक अहमदले जेल बस्न परेन जमानत पाए । “उनका जताततै सम्बन्ध थियो र समर्थकहरू बनाएका थिए । सबैजना उसँग डराउँथे “ उनी भन्छन् ।

गैंगस्टरको रूपमा अहमदको शक्ति र प्रभाव बढदो थियो । उसले प्रायः आफ्नो गैरकानूनी गतिविधिहरूको लागि अन्डरट्रायलको रूपमा जेलमा समय बिताउदा पनि उ जहिल्यै निडर रह्यो – उसले बारम्बार आफ्ना प्रतिद्वन्द्वीहरू र व्यापारीहरूलाई पैसा उठाउन जेलमा बोलायो, उनीहरूलाई पिट्ने आदेश दियो, र उनीहरूको निरन्तर प्रभुत्वको प्रमाणको रूपमा उनीहरूको दुर्व्यवहारको भिडियो पनि प्रसारित गर्यो । अर्थात जेलमा रहदा पनि बाहिर उसैको राज चलिरहेको हुन्थ्यो ।

सन २०१८ मा मोहित जैसवाल नामका एक व्यापारीले पुलिसमा उजुरी दिएका थिए कि उनलाई लखनउबाट अपहरण गरी देवरिया जेलमा लगिएको थियो, जहाँ अहमदलाई राखिएको थियो । जैसवालले आफूलाई जेल भित्रै अतिक का गुण्डा र कारागारका कर्मचारीले निर्मम कुटपिट गरेको पत्रकारलाई बताएका थिए ।

प्रयागराजका प्रहरी अधिकारीहरूले अहमदले शहरको एउटा फिल्म थिएटर, एउटा होटल, एउटा कार्यशाला र रेस्टुरेन्टलाई जबरजस्ती “कब्जा“ गरेको कुरा गर्छन् । “अन्तर्राष्ट्रिय गिरोह युद्धमा, उसले हिन्दू र मुस्लिमहरूलाई समान रूपमा उत्पीडन गरेको थियो । वास्तवमा, उनका धेरै पीडितहरू मुस्लिम समुदायका थिए,“ श्री शुक्ला भन्छन् ।

स्थानीय बासिन्दा राजकुमार ओझाले कसरी अहमदले आफ्ना दाजुभाइसँगको जग्गा विवादमा फसे, मध्यस्थता गर्न प्रस्ताव गरे र जबरजस्ती आफ्नो पत्नीको नाममा कौडीको मूल्यमा पारिवारिक जग्गा दर्ता गराए भन्ने कथा सुनाउँछन् । ओझा भन्छन्, “पछि मैले उहाँलाई भेट्दा, मैले मेरा भाइहरूलाई राम्ररी सम्हाल्न नसकेको भन्दै मलाई गाली गरे,“ श्री ओझा भन्छन् ।

सेवानिवृत्त प्रहरी अधिकृत लालजी शुक्लाले अहमदलाई तीन पटक पक्राउ गरेका थिए । अहमदका आफन्तहरूमध्ये एक जिशान अलीले दुई वर्षअघि आफ्नो घरमा भएको एउटा डरलाग्दो घटनालाई स्पष्ट रूपमा सम्झाउँछन । हतियारधारीहरुको एक समूह जबरजस्ती उनको घरमा प्रवेश गरेको थियो र अर्काको नाममा रहेको जग्गामा दस्तखत गराएको थियो । उनले सहयोग गरिदिनका लागि आतिक अहमदलाई बोलाए तर श्री अलीका अनुसार, अहमदले उनलाई दुईवटा विकल्पहरू प्रस्तुत गरेः या त जग्गाको स्वामित्व हस्तान्तरण गर्नुहोस् या जमिनको मूल्यको एक तिहाइ बराबरको रकम नगदमा आफूलाई बुझाउनुस । “म चुपचाप बसें । त्यसपछि अहमदले आफ्ना मानिसहरूलाई मलाई मार्ने आदेश दिए । उनीहरूले मलाई हिर्काउन थाले तर म भाग्न सफल भएँ,“ श्री अली भन्छन् ।

अहमदको प्रभाव प्रयागराजभन्दा बाहिर पनि फैलिएको थियो । एउटा घटनामा, उनले लगभग २०० किलोमिटर टाढा राज्यको राजधानी लखनउको उच्च छिमेकमा एक व्यापारीको स्वामित्वमा रहेको खाली जग्गा कब्जा गर्न सशस्त्र गिरोहको नेतृत्व गरेका थिए । “उनीहरू बिहान भर्खरै आइपुगे, आफ्नो बन्दुक निकाले र जग्गा आफ्नो स्वामित्वमा रहेको बताए,“ नाम नखुलाउन चाहने एक वरिष्ठ प्रहरी अधिकारीले भने । “हामीले उनीहरूलाई जबरजस्ती जग्गा दाबी गर्न बाट मुश्किलले रोक्यौं ।“

केही दिन पछि, अहमद र तिनका मानिसहरू कथित रूपमा व्यापारीको स्वामित्वमा रहेको होटेलमा प्रवेश गरे र होटेल म्यानेजरलाई सीसीटीभी टिभी का क्यामेराहरू बन्द गर्न निर्देशन दिए । त्यसपछि उनले शहरका एक दर्जनभन्दा बढी शक्तिशाली व्यक्तिहरूको नाम लिस्ट बनाए ती म्यानेजरलाइई भने “तिमीलाई जे मन लाग्छ तिनीहरुलाई त्यही गर । कसैले केही भने मेरो फोटो तिनीहरुलाई दिनु । व्यापारी सुशील गुरनानीले पछि न्युज नेटवर्कलाई भने, “उनीहरू हाम्रो होटलमा आएर भने, ’यो जग्गा हिजोसम्म तपाईंको थियो, भोलिदेखि हाम्रो हुनेछ ।“

जुलाई २००८ मा संसदको विशेष सत्रमा भाग लिन अहमद प्रयागराजको जेलबाट संसदमा आइपुगे । २२ जुलाई २००८ का दिन अतीक अहमद, सांसद, सफारी सूटमा सजिएर दिल्लीको भारतीय संसदमा आत्मविश्वासका साथ प्रवेश गर्दछन । उनी सँगै अहमद र पाँच अन्य जेलमा रहेका भारतीय सांसदहरूलाई सरकारले अस्थाई रूपमा रिहा गरेको थियो ताकि उनीहरूले अमेरिकासँगको विवादास्पद नागरिक आणविक सम्झौताको सामना गरिरहेको अविश्वासको मतमा आफ्नो मत हाल्न सकून । यो विशेष दिन राजनीतिज्ञ–सांसदको जीवनको एक उच्च बिन्दु थियो, जसले गुण्डा–राजनेताहरूले आफूलाई भारतको राजनीतिक प्रणालीमा फसाएको वास्तविकतालाई उजागर गर्दै थियो ।

सत्तारुढ कंग्रेस पार्टीको नेतृत्वमा रहेको यूपीए सरकार थोरैले मतदानबाट बच्यो, र छ वटा सांसदहरू जेल फर्किए “आपराधिक मुद्दाहरूको लामो सूचीलाई हेर्दै जसमा उनी अभियुक्त खडा थिए, अहमदले निर्वाचन क्षेत्रको सेवा सञ्चालन गरे जस्तै आपराधिक उद्यम चलाउन पनि उत्तिकै निपुण थिए,“ मिलन वैष्णवले आफ्नो पुस्तक वेन क्राइम पेसः मनी एन्ड मसल इन इन्डियन पोलिटिक्समा लेखेका छन ।

“यस साप्ताहिक दरबारमा स्थानीयहरू छक्क परे, जहाँ अहमद, एक कान आफ्नो मोबाइल फोनमा थिचेर अर्कोले निर्वाचन क्षेत्र सेवाको लागि अनुरोध गर्दै, आफ्नो निजी सहायक वा स्टेनोग्राफरलाई अर्डर गर्थे ।“ “पार्टी मुख्यालय जसमा अहमदले प्रायः प्रशासनिक कार्यालय भन्दा हतियारसँग मिल्दोजुल्दो थियो, पर्खालहरू प्रभावशाली रूपमा आयातित स्वचालित हतियारहरूले भरिएका थिए,“ श्री वैष्णव लेख्छन ।

प्रहरी अधिकारीहरूले भारतको संसदका पूर्व सांसद अतीक अहमद, धेरै आपराधिक मुद्दाहरूमा अभियुक्तलाई अदालत बाहिर एस्कर्ट गरेका छन । उनीहरु भन्छन अहमद जस्ता गुण्डाहरू मुख्यतया सुरक्षाको लागि राजनीतिक दलहरूमा सामेल भएका हुन्थे, वा आफ्नै पार्टी गठन गर्ने गर्दथे । जात वा धर्मको आधारमा सामाजिक विभाजन तीव्र भएको स्थानमा उनीहरूले जितेका पनि थिए र सरकारले आफ्नो कार्यहरू – सेवा प्रदान गर्ने, न्याय दिने वा सुरक्षा प्रदान गर्ने –जस्ता कार्य निष्पक्ष रूपमा पूरा गर्न असफल भएको देखिथ्यो ।

धेरैजसो गुण्डा–राजनीतिज्ञहरू जस्तै अहमदले पनि जटिल जीवन बिताएका थिए । २९८९ देखि २००२ सम्म, उनले प्रयागराजमा लगातार पाँच कार्यकालको लागि एउटै क्षेत्रबाट चुनाव जितिरहे । उनले स्वतन्त्र उम्मेदवारको रूपमा सुरु गरे र पछि प्रभावशाली क्षेत्रीय समाजवादी पार्टीको नेता समेत बने । अन्ततः, उनी तल्लो जातका नेताले बनाएको रम्प पार्टी अपना दलमा सामेल भए । अहमदले समाजवादी पार्टीको शासनकालमा सबैभन्दा बढी सफलता पाएका थिए र गत वर्ष निधन भएका पार्टीका नेता मुलायम सिंह यादवसँग उनको नजिकको सम्बन्ध रहेको थियो। उनलाई समाजवादी पार्टीले फूलपुरबाट चुनाव लड्न टिकट दिएको थियो ।

समाजवादी पार्टीका नेताका रूपमा अहमदले हिंसात्मक रणनीति प्रयोग गर्न हिचकिचाउँदैनथे । उनी तत्कालीन बहुजन समाज पार्टीकी दलित नेता मायावतीमाथि सन १९९५ मा भएको कुख्यात “गेस्ट हाउस आक्रमण“ मा संलग्न रहेको आरोप लगाइएको थियो । जब मायावती उत्तर प्रदेशमा २००२ र २००३ को बीचमा सत्तामा फकिईन, अहमदले पहिलो पटक आफूलाई कमजोर महसुस गरे । उनले आफ्ना मानिसहरूलाई भेट्ने कडाई गरियो उनको सम्पती माथि निगरानी बढाईयो र जेल पनि हालियो । तर सन् २००३ मा समाजवादी पार्टी (एसपी) ले चुनाव जित्दा उनको भाग्य फेरियो ।

अहिले उनी अनुभवी राजनीतिज्ञ भइसकेका थिए । सार्वजनिक सभाहरूमा, अहमद भीडलाई काम गर्थे र एक चतुर राजनीतिज्ञ जस्तै बोल्थे । उनले समानता, धर्मनिरपेक्षता, सामाजिक न्याय र बालिका शिक्षाका विषयमा कुरा गर्थे । “शिक्षा नै सबैभन्दा ठूलो माया हो जुन तपाईंले आफ्ना छोराछोरीलाई दिन सक्नुहुन्छ,“ उनले धेरै वर्ष अघि एक हर्षोल्लासपूर्ण भीडलाई भनेका थिए ।

जब पत्रकारहरूले उनलाई उनको आपराधिक रेकर्डको बारेमा सोधपुछ गरे, अहमदले उनीहरूलाई सम्झना गराए कि एक अदालतले एकै दिनमा उनी विरुद्धको रेकर्ड १२३ वटा मुद्दा खारेज गरेको थियो । “के यो संसारमा कतै पनि भएको छ – मैले यति धेरै नक्कली केसहरूको सामना गरेको तथ्य ?“ उनले पत्रकारलाई प्रतिप्रश्न गर्थे । उनले प्रायः हिन्दू राष्ट्रवादी बीजेपीलाई लिए । उनले एक पटक भने कि उनी हिन्दू–मुस्लिम सद्भावका लागि लडिरहेका कारण मानिसहरूले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । उनले दाबी गरे कि उनी “जनताको जीवन सुधार गर्न“ सत्ता कब्जा गर्न इच्छुक थिए ।

अहमदले राजनीतिमा आफूलाई बलिदानको व्यक्तित्वको रूपमा प्रस्तुत गरे, आफ्नो व्यक्तिगत जीवन थोरै भएको दाबी गरे किनभने उनी जनताको लागि काम गरिरहेका थिए । “उनले गरिबहरूलाई उनीहरूको मेडिकल बिलहरू मिलाउन, छोराछोरीलाई स्कूल पठाउन पैसा दिए । उनले हिन्दू र मुस्लिमहरूलाई समान रूपमा मद्दत गरे । तर यसमा कुनै परोपकारी काम भने थिएन । अनुपम मिश्र, प्रयागराज अखबारको सम्पादक। भन्छन यो सबै काम देखावा, एक गुण्डा–राजनीतिज्ञहरूले गर्ने जस्तै थियो विग्रेको छबी सुर्धान गरिएको गरिएको मित्थ्या कोशिष । “

अहमदसँग सम्बन्धित जिशान अली भन्छन् कि डनले उनको सम्पत्ति हडपने र उनलाई मार्ने प्रयास गरे । उनीजस्तो राजनीतिक रूपमा सफल व्यक्तिले सधैं शत्रुहरूलाई आकर्षित गर्छन र जेल जान्छन्, अहमदले एक पटक भने । उनले आफूलाई नेल्सन मण्डेलासँग तुलना गर्दै यसो भने कि सम्मानित राजनीतिज्ञ पनि “२७ वर्ष जेलमा थिए“। “मण्डेला कुनै समय मोस्ट वान्टेड व्यक्ति थिए। त्यसपछि उनी आफ्नो देशको सबैभन्दा सम्मानित शासक बने ।“

उनले २००३ र २००७ को बीचमा आफ्नो राजनीतिक शक्तिलाई सुदृढ पारे । तर समाजवादी पार्टीको शासन समाप्त हुनुअघि र २००७ मा नयाँ निर्वाचन आह्वान हुनुअघि नै एउटा डरलाग्दो घटनाले उनको पतनलाई थप उत्प्रेरित ग¥यो र उनको निर्वाचन क्षेत्रका मुस्लिमहरूको पक्षमा परेको जस्तो देखिन्थ्यो – दुई मदरसाबाट युवतीहरूलाई अपहरण गरी सामूहिक बलात्कार गरियो ।

यसले समुदायमा ठूलो आक्रोश निम्त्यायो, र धेरै मानिसहरूले अहमद र तिनका मानिसहरूलाई औंला उठाए, यद्यपि प्रहरी उजुरीमा गुन्डाको नाम उल्लेख गरिएको थिएन । “यो घटनादेखि नै, अहमदले आफ्नो समुदायको सद्भावना गुमाए जो उनको सबैभन्दा ठूलो भोटिङ ब्लक थिए,“ श्री अली भन्छन् । दुई वर्षपछि अहमदले संसदमा आफ्नो सीट गुमाए । त्यसपछि उनले कहिल्यै चुनाव जितेनन् । तर उनले चुनाव लड्न जारी राखे, कहिले जेल भित्र र कहिले बाहिर भईरहन्थे र पनि उनले अपराधको संसारमा आफ्नो प्रभुत्व जमाएकै थिए । जब २०१७ मा, श्री आदित्यनाथको भाजपा सरकार सत्तामा आयो । त्यसपछि अहमदले आफ्नो अधिकांश समय जेलमा बिताए ।

जेलको पछाडि पनि, अहमद बाहिरी संसारमा प्रभाव पार्ने देखिन्थ्यो, प्रायः हेडलाइन बनाइन्थे । यो वर्षको सुरुमा उनीसँग जोडिएको एक हाई प्रोफाइल हत्याले देशलाई स्तब्ध बनाएको थियो ।

फेब्रवरी को एक साँझमा, उमेश पाललाई अहमदको गिरोहको हिस्सा भएको आशंकामा बन्दुकधारीहरूले उनको घरबाहिर गोली हानेर मारेका थिए ।

सीसीटीभि फुटेजले वकिल र २००५ मा राजु पालको हत्याका मुख्य साक्षी उमेश आफ्नो फोनमा कुरा गर्दै र घर नजिकैको सेतो हुण्डाई एसयूभीबाट बाहिर निस्केको देखाएको थियो । उनका सशस्त्र सुरक्षा गार्ड अगाडिको सिटबाट बाहिर निस्कँदा पनि रिभल्भर बोकेका एक युवकले पालमाथि गोली हानेका थिए । ४८ वर्षीय वकिल एक लेनमा छिर्न्छन्, र केहि अन्य पुरुषहरू बाहिर निस्कन्छन्, उनीमाथि गोली हान्छन, बम विस्फोट हुन्छ, व्यस्त सडकलाई धुवाँको खामले ढाक्छ र मानिसहरू हतार–हतार दौडिरहेका हुन्छन् ।

अहमदको परिवार – उनकी श्रीमती, छोरा र भाइ – उमेशको हत्याको आरोप लगाइएको थियो । अहमद र तिनको भाइ अन्य मुद्दाहरूमा पहिले नै जेलमा रहेकाले, तिनीहरूले डेलाइट हिटको आदेश दिएका थिए । (राजु पाल हत्याको मुद्दा अदालतमा चलिरहेको थियो) । भारतको सर्वोच्च अदालतले जेल भित्रबाट आफ्नो गिरोह चलाउनबाट रोक्न उत्तर प्रदेशमा नराख्ने आदेश दिएपछि अहमदले सन् २०१९ देखि गुजरात राज्यको जेलमा समय बिताइरहेका थिए । त्यतिबेलासम्म उनी आफ्ना राजनीतिक संरक्षकहरूको पक्षमा परेको देखिन्थ्यो । उनको हत्या हुनु केही दिनअघि कानुनका विद्यार्थी असदको छोरालाई प्रहरीले हत्या गरेको थियो । असद कथित रूपमा उमेश पालको सीसीटीभी फुटेजमा देखिएका थिए र उनको हत्यामा अभियुक्तको रूपमा नाम दिइएको थियो ।

प्रहरीले गुण्डाको करिब १० करोड रुपैयाँ बराबरको घर, कार्यालय, व्यापार–व्यवसाय जफत गरी भत्काएको जनाएको छ । अहमदले जारी गरेको हिंसा र बदलाको चक्र जेल गएपछि पनि जारी रह्यो। फेव्रवरी मै एक प्रमुख साक्षीलाई दिनको उज्यालोमा मा हत्या गरियो । तर तीन महिना पछि, अहमद आफैले एक स्तब्ध भाग्य भेटे । उनलाई लाईभमा संसारले देख्दा देख्दै बोल्दाबोल्दै ढालियो ।

उनको हत्याको आदेश कसैले दियो ? कसैलाई ठ्याक्कै थाहा छैन । एउटा उपसंहार – वा दुई – प्रयागराजको अण्डरवर्ल्डको डरलाग्दो कुरा लेख्नको लागि सम्भवतः अझै केही क्लुहरु फेला परेको छैन । त्यसका लागि पर्खनै पर्ने हुन्छ ।

प्रयाग्रा मा अंकित श्रीनिवास द्वारा रिपोर्टिंग समाचारको आधारमा नेपालीमा मुख्य सारसंक्षेप


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...