Tuesday 6th October 2026

प्रिन्स मोहमद स्टेडियममा जारी खेलमा नेपालले दोस्रो गोल


एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा आयोजक जोर्डनविरुद्ध नेपालले पहिलो हाफ नसकिँदै दोस्रो गोल गरेको छ । प्रिन्स मोहमद स्टेडियममा जारी खेलमा नेपालले दोस्रो गोल ३२ औँ मिनेटमा गर्‍यो । नेपालका लागि दोस्रो गोल ९ नम्बर जर्सीकी खेलाडीले गरेकी हुन् ।

नेपालले १३ औँ मिनेटमा सुरुआती अग्रता लिएको थियो । नेपालका लागि पहिलो गोल १० नम्बर जर्सीकी खेलाडीले गरिन् । उनले १७ नम्बर जर्सीकी खेलाडीको पासमा गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएकी थिइन् । नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले फिलिपिन्सविरुद्ध १–० को हार बेहोरेको छ ।

छनोटको दोस्रो चरणमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । जोर्डन नेपाललाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्ने सोचमा छ । नेपाल, जोर्डन र फिलिपिन्स समूह ‘एच’ मा रहेका छन् । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ । पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहको विजेता दोस्रो चरणमा पुग्नेछ । जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कप खेल्नेछन् ।आयोजक इन्डोनेसियासँगै २०१९ को विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीनले भने सिधै एसियन कपमा स्थान बनाइसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...