Thursday 14th May 2026

नेपालका अर्थ विदहरुले दुर्गा प्रसाईको मागलाई किन खण्डन गर्न सकेका छैनन?


डा.अम्बरीश पोख्रेल-

१. नेपालका बैंकहरुले नेपाली जनता माथि गर्दै आएको अन्यायका बारेमा दुर्गा प्रसाईले केही विशेष मुद्दाहरू सार्वजनिक रूपमा राष्ट्रिय महा अभियानको रूपमा उठान गरेका छन् । उनको अभियान विशेषरूपमा अर्थ ब्यवस्था सम्बन्धी देखिन्छ । कृषि क्रान्ति वा उत्पादनमुलक औद्योगिक क्रान्ति उनको एजेण्डा रहेको देखिन्छ ।

२. घोर आश्चर्यको कुरा उनको कुरा वा मागहरु गलत हो भनेर अहिलेसम्म नेपालको कुनै पनि अर्थविद् हुँ भन्नेले आज महिनौ दिनहरू बित्दासमेत सत्य तथ्य सहित  खण्डन वा समर्थन गर्न सकेको देखिएन किन होला ? अझ कसैले त आफूलाई वा आफ्नो पार्टीको फलानोलाई एसियाकै विद्वान अर्थविद् भनेर स्वोघोषणा वा घोषणा गरेका थिए। तिनीहरूको पनि बोली बन्द छ महिनौ दिनहरूसम्म!

३. सैदान्तिक रूपमा र नेपालको अर्थ व्यवस्थाको व्यवहारिक कसिलाई एक ठाउँमा राखेर आफ्नो मौलिक राय वा विचार वा हेराइ वा दृष्टिकोण स्वतन्त्र रूपमा जनसमक्ष ल्याउन सक्थे तर ल्याएनन् ।यसले निम्न दुई कुराको संकेत गर्छः तिनीहरूले पनि जोखना हेर्दै छन् ताकि प्रसाईको अभियानले व्यापक रूप लियो भने समर्थनमा प्रकट हुने तर सरकारले उनको अभियान दमन गर्ने स्थिति आयो भने बोल्नै परेन वा विरोधमा राय दिने ।

४. यो सरासर अवसरवादी चरित्र हो । यसलाई विज्ञता भनिँदैन वा मानिंदैन । बौद्धिक क्षमता विकास गरेका व्यक्तित्वहरुले यो प्रकारको चरित्र देखाउँदैनन् । तर बुद्धिजीवीहरुले चाहिँ यस्तो हर्कत गर्ने गर्छन् । जुन कुराको कुनै कमी छैन हाम्रो समाजमा। यसरी नेपालमा बौद्धिक व्यक्तिहरूको कमी रहेको प्रस्ट देखिन्छ । त्यो कुरा जताततै प्रत्येक क्षेत्रमा देख्न सकिन्छ।

५. बरु उनको माग ऊपर दिन प्रतिदिन मानिसहरू समर्थन जनाउँदै आएका देखिन्छ । उनले भन्ने गरेकाछन् बैंकबाट बढीमा ५/६% मा बैंकको ऋण पाउने ब्यवस्था हुनु पर्ने। अनि सुरुमा जति प्रतिशतमा सम्झौता भएको हो, त्यही अनुसार मात्र ब्याज तिर्ने ब्यबस्था गर्नु पर्ने। ५/६% सम्झौतामा लिएको ऋण केही महिना पछि १२/१५ % बनाउन नपाइने जस्ता मागहरु राखेको देखिन्छ ।।

६. सरकार आफूले उद्यमीहरुलाई ऋण दिने ब्यवस्था गर्नु पर्ने नकी सरकार आफै बैंकमा लगानी गरेर जनतासँग ब्याज खाने !

७. नेपालीलाई नेपालमा बस्ने वातावरण तयार गर्नको लागी युवा  उद्यमीहरुलाई सहज विधिबाट बढीमा त्यही ५/६% ब्याजमा निःशर्त वा झन्झट विहिन ऋण दिने ब्यवस्था गर्नु पर्ने ।

८. विदेशिन बाध्य भएका र उत्पादक मुलक उद्योग खोल्ने युवाहरुको करिब बीस लाखसम्मको ऋणसरकारले मिनाह गर्नु पर्ने आदि इत्यादि। ताकि युवाहरुले स्वदेशमै उत्पादन मुखी काम  गर्न सकुन् ।

९. नेपाली जनताको अहिलेको अवस्था बदल्नको लागि यो ब्यवस्था नै बदल्नु पर्ने जस्ता मागहरु राखेको देखिन्छ।

अस्तु ।

डा. अम्बरिश पोख्रेल ।

काठमाण्डौ नेपाल ।


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...