Sunday 21st December 2025

अल मुजैनी कप अन्तर-नेपाली खुला भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेतको पोल्टामा


कुवेत – गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको ‘अल मुजैनी कप’ Al Muzaini Cup अन्तर नेपाली खुला भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखाले जितेको छ भने कल्याणकारी नेपाली युवा समाज कुवेतको टिम उपविजेता बनेको छ । उक्त प्रतियोगितमा तेश्रो उपाधि नमस्ते नेपाली रेस्टुरेन्टले हात पारेको छ ।

कुवेतको राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसको अवसरमा गोर्खा स्पोर्टिङ क्लवले ‘अल मुजैनी कप’ Al Muzaini cup अन्तर नेपाली खुला भलिबल प्रतियोगिता महाबुल्लास्थित खेल मैदानमा २४ तारिकका दिन आयोजना गरेको थियो ।

अल मुजैनी एक्सचेन्ज Al Muzaini Exchange को मुख्य प्रायोजनमा भएको भलिबल प्रतियोगिताबाट प्रथम हुने टिमलाइ नगद २५०/- केडि, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाइ नगद १५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमलाइ नगद ७५/- केडि, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी लगायत खेल प्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । अल मुजैनी एक्सचेन्जका सेल्स हेड एण्ड मार्केटिङ म्यानेजर स्मिजिथ गिरिजन Muzaina Exchange Sales Head and Marketting Manager Smithij Girijan Al र मार्केटिङ टिम लगायतको उपस्थिति रहेको थियो साथै अल मुजैनी एक्सचेन्जले आफ्ना ग्राहकहरुलाई आकर्षक उपहार समेत वितरण गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...