Monday 23rd March 2026

फागुन २५ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने


काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् । आन्तरिक उडान तर्फ बिहानदेखि सुरु भएपनि दिउँसो ४ बजे विमानस्थल बन्द गर्नुपर्ने अवस्थाको रात्रिकालीन उडानसँग अन्त्य हुने पोखरा विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन् ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार पोखरा—काठमाडौं रात्रिकालीन उडान फागुन २५ सुरु हुन्छ । ‘विमानस्थलले म्याचुरिटी पिरियड पार गरेसँगै वुद्धले मार्च ९ गतेबाट रात्रिकालीन उडान गर्छ,’ प्रवक्ता कर्णले भने, ‘काठमाडौंबाट पोखरा गएर ४ वटा बुद्धको विमान बास बस्छन् ।’ बुद्धले बेलुका ८ बजेसम्म उडान गर्ने कर्णले बताए । ‘अहिले दिउँसो ४ बजेसम्म उडान गरेको छ । अब काठमाडौं—पोखरा बेलुका ८ बजेसम्म गर्छौं,’ उनले भने ।
रात्रिकालीन उडान सुरु भएपछि डिले भएका उडान सहज हुने विमानस्थल प्रवक्ता जशोदा रेग्मीले बताइन् । ‘रात्रिकालीन उडान सुरु भए डिले भएका उडान पनि नियमित हुन्छ,’ प्रवक्ता रेग्मीले भनिन्, ‘नयाँ विमानस्थलको सुविधा पनि उपयोग रात्रिकालीन उडानसँगै हुन्छ ।’
यसअघि नागरिक उड्डयन प्राधिकरणले फेब्रुअरी २३ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो । सोही दिनबाट रात्रिकालीन उडान हुने प्राधिकरणले जनाए पनि अहिलेसम्म तालिका सार्वजनिक हुन सकेको थिएन तर, केही समय ढिला गरी रात्रिकालीन उडानको तालिका बुद्ध एयरलाइन्सले सार्वजनिक गरेको हो ।
रात्रिकालीन र अन्तर्राष्ट्रिय उडान दुवैको तयारी भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए । ‘फेब्रुअरी म्याचुरिटी पिरियडका लागि मात्र कुरेका हौं । यो पनि पूरा भइसक्यो । विमानस्थललाई चाहिने इकुपमेन्ट र डकुमेन्ट र स्रोतहरू पूरा भइसके,’ उनले भने । पोखरा विमानस्थल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) भोलि फेब्रुअरी २३ बाट लागू हुन्छ । योसँग रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको म्याचुरिटी पिरियड पुग्छ । फ्लाइट प्रमाणित नेपाल नागरिक उड्डयन प्राधिकरणले चोक जाँच गरेर रात्रिकालीन उडान गर्न अनुमति दिएको हो । प्राधिकरणले बुद्धलाई अनुमति दिइसकेको बुद्ध एयरलायसन्का प्रवक्ता कर्णले बताए ।
अन्तर्राष्ट्रिय विमानस्थल नजिकै माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनापछि उडान हुने÷नहुने अन्योलताका बीच बुद्धको तालिका सार्वजनिक भएसँगै पोखराका पर्यटन व्यवसायीहरु खुसी देखिएका छन् । उनीहरुले रात्रिकालीन उडान भएसँगै पर्यटनको आगमन पनि बढ्ने अविलाषा गरेका हुन् । यता, विमानस्थल प्रमुख गौतमले सबै विमानस्थल राम्रो बनेको तर, प्रमोशन नभएको बताए । उनले विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान पनि हुने विश्वास गरे । भारतबाट उडानको अनुमति आए बुद्धले तीन उडान गर्ने जनाएको छ ।
पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको हो । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न कोरियन एयर, बीज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतको चासो देखाएको प्राधिकरणले जनाएको छ ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...