Monday 12th October 2026

कमल,मेलिना,र कविताको प्रस्तुतीको लागी अब मात्र ३ दिन बाकी


तितोपाटी- कुवेतको इण्डियन सेण्ट्रल स्कुल जिलिबमा नेपाली सांगितिक जगतका चर्चित गायक– कमल खत्री, गायिका–मेलिना मैनाली, डान्सर– कविता नेपालीले आफ्नो बेजोड़ प्रस्तुती दिने भएका छन् ।

निरेम प्रोडक्सनको सातौ वार्षिक उत्सवको अवसर पारेर निरेम सांगितिक उत्सवको आयोजना गरेको उक्त सांगितिक कार्यक्रममा राष्ट्रीय तथा स्थानीय कलाकारले आगामी १० फेब्रवरीमा आफ्नो प्रस्तुती दिने बताउदै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष राज मल्लले जानकारी गराएकाछन।

उक्त कार्यक्रमको लागी चिट्ठी पत्र निमन्त्रणा, कार्ड विभिन्न संघ संस्था र व्यक्ति विशेषलाई वितरण गरीसकेको मल्लले जनाए।

सुमधुर स्वरका धनि,गायक, गायिका र चर्चित डान्सर, द्वारा भरपुर मनोरन्जन दिने भएकोले सम्पूर्ण संगीत प्रेमी कुवेतबासी नेपाली दिदिबहिनी तथा दाजुभाईहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी आग्रह गरेका छन्।

कार्यक्रम हुने स्थान

मिति : २०२३ फेब्रवरी १०शुक्रबार
समय : दिउसो २ बजे देखी
स्थान : इन्डियन सेन्ट्रल स्कुल जिलिब


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल वुडफोर्ड लाई अर्थतन्त्रमा बाह्य झट्काको असर कम गर्दै अर्थव्यवस्थालाई स्थिर राख्न सहयोग गर्ने…

फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ…

प्रतिकृयाहरू
...