Monday 12th January 2026

सांस्कृतिक मन्चको पुर्व घोषित सांस्कृतिक कार्यक्रमको मिति परिवर्तन


नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन  २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन भएको आयोजकले जनाएको छ  । बिबिध समस्या अर्थात् प्राबिधिक कारण  जनाउदै पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन गर्दै आउदो मार्च १० तारिख शुक्रबारको  दिन कार्यक्रम गरिने अध्यक्ष गोबिन्द बरालले तितोपाटीलाई जानकारी दिएका छन  । पुर्व घोषित मिति परिवर्तनले पर्न गएको  समस्या प्रति नेपाली संघ सस्था समाजसेवी बुद्दिजिबी खेलाडी कलाकार पत्रकार लगायत कुवेत कार्यरत नेपाली दाजुभाई दिदीबहिनी,सबै सँग आयोजक सस्थाको तर्फबाट अध्यक्ष बरालले क्षमा समेत मागेका छन ।

“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको सास्कृतिक मन्चले बिगतका वर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै कुवेतका नेपाली संघ संस्थाहरुसंग हातेमालो गर्दै आएको छ ।

नेपाल कुवेत सांस्कृतिक मन्चको १४ औं वार्षिकोत्सब तथा २१ औं सास्कृतिक कार्यक्रमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मन्च अध्यक्ष् गोबिन्द बरालले बताउदै  उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन अनुरोध अनुरोध समेत गरेका  छन ।

कार्यक्रम:-१४ औं वार्षिकोत्सब तथा २१ औं सांस्कृतिक कार्यक्रम

स्थान :-जिलिप स्थित पपिन्स हल

मिति :-मार्च १० तारिख, शुक्रबार

आयोजक :- नेपाल कुवेत सास्कृतिक मन्च


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...