Wednesday 19th August 2026

सांस्कृतिक मन्चको पुर्व घोषित सांस्कृतिक कार्यक्रमको मिति परिवर्तन


नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन  २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन भएको आयोजकले जनाएको छ  । बिबिध समस्या अर्थात् प्राबिधिक कारण  जनाउदै पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन गर्दै आउदो मार्च १० तारिख शुक्रबारको  दिन कार्यक्रम गरिने अध्यक्ष गोबिन्द बरालले तितोपाटीलाई जानकारी दिएका छन  । पुर्व घोषित मिति परिवर्तनले पर्न गएको  समस्या प्रति नेपाली संघ सस्था समाजसेवी बुद्दिजिबी खेलाडी कलाकार पत्रकार लगायत कुवेत कार्यरत नेपाली दाजुभाई दिदीबहिनी,सबै सँग आयोजक सस्थाको तर्फबाट अध्यक्ष बरालले क्षमा समेत मागेका छन ।

“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको सास्कृतिक मन्चले बिगतका वर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै कुवेतका नेपाली संघ संस्थाहरुसंग हातेमालो गर्दै आएको छ ।

नेपाल कुवेत सांस्कृतिक मन्चको १४ औं वार्षिकोत्सब तथा २१ औं सास्कृतिक कार्यक्रमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मन्च अध्यक्ष् गोबिन्द बरालले बताउदै  उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन अनुरोध अनुरोध समेत गरेका  छन ।

कार्यक्रम:-१४ औं वार्षिकोत्सब तथा २१ औं सांस्कृतिक कार्यक्रम

स्थान :-जिलिप स्थित पपिन्स हल

मिति :-मार्च १० तारिख, शुक्रबार

आयोजक :- नेपाल कुवेत सास्कृतिक मन्च


सम्बन्धित शीर्षकहरु

फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटामाथि आफ्ना सामाजिक सञ्जाल प्लेटफर्महरू युवालाई लत लाग्ने गरी डिजाइन गरेको आरोपमा अमेरिकामा मुद्दाको सुनुवाइ सुरु…

मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै वार्ता नभएको र भविष्यमा पनि कुनै वार्ताको तालिका…

मध्यपूर्वमा तनाव थप बढ्दै गएको छ। यूएईको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित दुईवटा ब्यालिस्टिक मिसाइल यूएइको हवाइ क्षेत्रमा देखिएका छन्।…

प्रतिकृयाहरू
...