नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापा एकाएक बलियो पोजिसनमा पुगेका छन् । कृष्णप्रसाद सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेलसमेत गगनको पक्षमा खुलेपछि उनी थप बलियो भएका हुन् ।दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् ।
अब संसदीय दलको नेताको लागि प्रधानमंत्री एबम पाटी सभापति शेर बहादुर देउवा र महामन्त्री गगन थापा भिड्ने पक्का भएको छ । यसपटक कांग्रेस संसदीय दलको चुनावमा सदाबहार देउवालाई युवा नेता गगन थापाले टक्कर दिए पछी सबैतिरबाट चासो पुर्वक हेरिएको छ ।
तस्बिर-नेपाल प्रेस